शुद्धोधन गाउपालिकामा २१ सदस्यिय गोपाल सेवा समितीको नयां कार्यसमिती गठन

उर्मिला यादव यात्री , ४४२  पटक हेरिएको

भैरहवा, बैशाख १

गोपाल सेवा समिती शुद्धोधन गाउपालिका स्तरीय नयां कार्र्यसमिती गठन गरीएको छ । बिहीवार रुपन्देहीको फर्साटिकरमा आयोजित नया बर्ष २०८० को शुभकामना आदानप्रदान समिती गठन, तथा सम्मान कार्यक्रममा संदिप यादवको अध्यक्षतामा २१ सदस्यिय पालिका स्तरीय कार्यसमिती गठन गरीएको हो । जसको बरिष्ठ उपाध्यक्षमा फौजदार यादव, उपाध्यक्षमा जोगिन्दर यादव, कोषाध्यक्षमा तुलसी प्रसाद यादव, सचिवमा दिपक यादव, सहसचिवमा कृष्णमोहन यादवलाई चयन गरीएको छ । यस्तै गरी सदस्यहरुमा अनिता यादव, देवानन्द यादव, पन्नालाल यादव,दिपक यादव, रामजित यादव रहनु भएको छ । यस्तै गरी गोपाल सेवा समिति शुद्धोधनको सल्लाहकारमा रामकेवल यादव, कृष्णचन्द यादव, चौधरी प्रसाद यादव, खर्गबहादुर यादव उदय यादव, मन्जित यादव, कैलाश यादव, रामभजन यादव,जगदिश यादव, सुरेन्द्र यादवलाई चयन गरीएको छ ।

नवगठित पालिका स्तरीय गोपाल सेवा समितीले यदुवंशी समुदायको हकहित, बिकास , संरक्षणका लागी एकजुट भएर काम गर्ने जनाएको छ । यादवहरुको धर्म संस्कृतीको संरक्षरण तथा यादव एकताको लागी गठन गरीएको यस समितीले पालिकामा नमुना काम गरेर अगाडी बढने प्रतिबद्धता समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितिले बिभिन्न उतारचढाव र चुनौतीको सामना गर्दै सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले गोपाल सेवा समितीको माध्यमबाट यदुवंशी समाजमा भावनात्मक सम्बन्धको बिकास गर्न जरुरी रहेको बताउदै यादव समुदायमा भएको कमीकमजोरीलाई पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिनु भयो । उहाले यादव समुदायमा भएका सामाजिक ब्यक्तित्वहरुलाई एक साथ जोडेर नियमित अन्तरक्रिया कार्यक्रम गरी आफनो संस्कृति संरक्षणको लागी सक्रिय भएर काम गर्न नवगठित समितीलाई आग्रह गर्नु भएको छ ।

यस्तै गरी सुर्यपुरा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख कैलास यादवले कार्यक्रममा बोल्दै गाउपालिका स्तरमा गठन गरीएको समितीलाई सक्रिय भएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले नया बर्ष २०८० को शुभकामना दिदै आफु पनि गोपाल सेवा समितीको हरेक क्रियाकलापमा सहभागी भइ आफनो समुदायको बिकास र उत्थानको लागी सक्रिय भएर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला सदस्य रामचन्द्र यादवले यादवसमुदायमा एकता हुुनु नै उदाहरणीय कार्य भएको बताउनु भएको छ । उहाले यादवहरु संख्याको हिसाबले अनगिन्ती भए पनि एक अर्काको अस्तित्वलाई स्विकार गर्न नसक्दा नेतृत्वतहमा पछि परेको गुनासो गर्नु भएको छ । उहाले यादवहरु जुनसुकै पाटीमा भए पनि आफनो आर्दश, निति , सिद्धान्त र आफनो जाति र स्वभिमानलाई जोड दिन आग्रह गर्नु भएको छ । उहाले बिश्वमा यादवहरुको एउटा छुटटै पहिचान भएकोले यादवहरु संगठित भई आगामी दिनमा केहि गरेर देखाउने प्रण लिनुपर्ने बताउनु भयो । उहाले गोपाल सेवा समितीले रुपन्देहीमा राधाकृष्णको मन्दिर स्थापना लगायत नमुना धर्मशाला निमार्ण गरी उदारणीय कार्यको सुरुवात गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै रुपन्देही खबरकी कार्यकारी सम्पादक उर्मिला यादव यात्रीले गोपाल सेवा समितीले पछिल्लो समय गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा गोपाल सेवा समितीमा महिलाहरुलाई पनि स्थान दिन आग्रह गर्नु भएको छ । उहाले यादव समुदायमा महिला प्रति भएको सोचलाई परिर्वतन गरी घरबाटै महिलालाई अगाडी बढाउन जरुरी रहेको बताउनु भयो । उहाले पछिल्लो समय महिलाहरु धेरै फडको मारिसकेको बताउदै यादव समुदायमा घरपरिवारबाट नै महिलाहरु अवसर नपाउदा अगाडी आउन नसकेकोले पुरुष संगै महिलालाई पनि अगाडी बढाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बिरहा गायक उमेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा गोपाल सेवा समिती क्षेत्र नम्बर ५ का क्षेत्रिय अध्यक्ष रामकेवल यादव, गोपाल सेवा समिती शुद्धोधन गाउपालिकाका नवनिर्वाचित अध्यक्ष संदिप यादवले नया बर्ष २०८० को शुभकामना दिदै एकताका साथ यादव समुदायको हकहितको लागी कार्य गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी बिरहा गायक उमेश यादवले बिरहा गीत मार्फत समुदायमा परिर्वतन ल्याउन आवश्यक रहेको जोड दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले नवनिर्वाचित अध्यक्ष संदिप यादवलाई गोपाल सेवा समितिको बिधान हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा गोपाल सेवा समितीमा रहेर बिभिन्न तरीकाले सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो । भने कार्यक्रम संचालन रामबहादुर यादवले गर्नु भएको थियो ।



प्रकाशित मिति: २०२३-०४-१४ , समय : ११:३३:२९ , २ वर्ष अगाडि