बझाङमा बसको ठक्करबाट तीन बर्षिय बालककाे मृत्यु

उत्तमकुमार थापा , ६३७  पटक हेरिएको

बझाङ , चैत १८

बसको ठक्कर बाट ३ बर्षिया बालकको मृत्युु भएको छ । जिल्लाकाे सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भएका बर्ष ३ का सर्गम बाेहरालाई बसले ठक्कर दिदा मृत्युु भएको मृत्युुका बुवा धनबहादुर बाेहराले बताउनु भएको छ ।

करिव दिउसो २ बजेको समयमा नयाँ बसपार्क देखि महेन्द्रनगर तिर गईरहेकाे पवनदुत बसले बच्चालाई किच्दा मृत्यु भएको हाे । बस नम्बर सु. प.प्र ०२००१ ख १११९ नम्बरकाे बसले बच्चालाई किच्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

चैनपुरमा रहेको पक्किपुल नजिकैको बजारमा घटना भएको हाे । घटना पछि बच्चालाई जिल्ला अस्पतालकाे शवगृहमा राखिएको छ । अहिले आफन्तले बसलाई घेरेका छन भने सुरक्षा निकाय प्रहरी प्रमुख डिएसपी भण्डारी इन्सपेन्टर सहितकाे टाेली र सशस्त्र प्रहरी बल नेपाल तैनाथ अवस्थामा छ । घटनाको अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ड्राइभर प्रहरीकाे नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : १८:५७:०२ , २ वर्ष अगाडि