रामग्राम नगरपालिकाकाे सार्वजनिक सुनवाइ सम्पन्न

सुरेश यादव , २८९  पटक हेरिएको

नवलपरासी,चैत १०

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे आज सार्वजनिक सुनवाइ कार्यक्रम रामग्राम नगरपालिका वडा नं १४ स्थित अमराैत वडा कार्यालय परिसरमा सम्पन्न भएकाे छ ।

नगरपालिकाका नगर प्रमुख धनपत यादवकाे अध्यक्षता तथा नगर उपप्रमुख सम्झना चाैधरी एवम् प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र वडा नं १४ काे वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं ४ का वडा अध्यक्ष मदन यादव,वडा नं ११ का वडा अध्यक्ष धनिराम यादव र वडा नं १५ का वडा अध्यक्ष धनपत यादवकाे आतिथ्यतामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे हाे । नगरपालिकाले हरेक ३-३ महिनामा सार्वजनिक सुनवाइ गर्दै जाने प्रमुख प्रशासकिय अधिकृत खड्काले जानकारी दिनुभयाे । यसअघि नगरपालिकाले वडा नं ११ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिसकेकाे उहाँ बताउनुभयाे ।

सार्वजनिक सुनवाइ कार्यक्रममा खानेपानी,सुकुम्बासी,मल,सिचाइकाे समस्या,शिक्षामा सुधार,ढल निकास,सडक मापदण्डअनुसार नबनेको,अपांगकाे समस्या,सुचना प्रवाहमा कमि,नदिजन्य पदार्थको उत्खन्न,नदि कटान,चाेरी निकासी समस्या लगायत विभिन्न समस्या तथा गुनासो स्थानियहरुले गरेका थिए ।

नगर प्रमुख धनपत यादव,उपप्रमुख सम्झना चाैधरी,प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १५ का वडा धनपत यादवले आफुहरुले समस्या तथा गुनासाेलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे भने जनताको लागि आफुहरुले २४ सै घण्टा लागिरहने बताएका छन् ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : २३:३९:५१ , २ वर्ष अगाडि