शिक्षक संघमा चापागाईं र कुशवाहा छुट्टाछुट्टै प्यानल चुनाबी मैदानमा

प्रकाश न्यौपाने , २७३  पटक हेरिएको

नवलपरासी, चैत ९

नेपाल शिक्षक संघ, नवलपरासी नेतृत्वका लागी भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा हुमिनु भएको छ । संघको ९ औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल नै बनाएर नेतृत्वका लागी दाबी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक र कर्दम कुमार क्षेत्री, सचिबमा इन्द्र बहादुर चौधरी र बसन्त राज पराजुली, अर्थ सचीवमा कुन्जबिहारी चौधरी र पुर्णकान्त गीरी, सहसचिवमा अर्जुन प्रसाद पाण्डे र फुजेल अहमद खाँले उम्मेदवारी दिनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खुल्ला तर्फ ४ जनाका लागी ५ जनाको उम्मेदवारी परेको छ । जसमा बिरेन्द्र कुमार यादव, दिनेश कुमार उपाध्याय,गोविन्द प्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्यले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा ४ जनाका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा त्रिभुवन शर्मा ढुङ्गाना, हरि कुमार ढकाल, इन्देश गुप्ता, चुडामणि भण्डारी, दमोदर भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे, र रमेश कुमार पाण्डेले उम्मेदवारी दिनु भएको छ । भने संघीय महाधिवेशन प्रतिनिधि महिला २ जनाका लागी खगेश्वरी शर्मा, मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी गरि ३ जनाले उम्मेदवारी दिनु भएको छ ।

संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा ३ जनाका शुक्रराज भट्टराई, गोविन्द प्रसाद गौतम, बिनोद खनाल, पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवाली र दिपक भट्टराई गरि ७ जनाले उम्मेदवारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०६:१७:५० , २ वर्ष अगाडि