उर्मिला यादव यात्री , ७२० पटक हेरिएको
भैरहवा, चैत ८
सम्मरीमाई गाउपालिकाको १२ औ गाउसभा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सम्मरीमाई गाउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षतामा आज गाउसभा सम्पन्न भएको छ । गाउसभामा गाउपालिका अध्यक्ष श्रीवास्तवले लक्ष्य प्रगति योजना तथा कार्यक्रम परिवर्तन तथा परिमार्जनको प्रस्ताव पेश गर्नु भएको थियो भने सो बिषयमा छलफल गरीएको थियो ।
गाउपालिकाको १२ औं गाउसभामा तीन वटा कार्यबिधि, एउटा नीति ,र एउटा ऐन पारित भएको गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्सी प्रसाद माझीले बताउनु भएको छ । बिकास तर्फ वडा नम्बर २ मा ४ वटा योजना, वडा नम्बर तीनमा दुइ वटा योजना, वडा नम्बर ४ मा पांच वटा योजना, वडा नम्बर ६ मा २ वटा र वडा नम्बर ७ मा ९ वटा योजना संशोधन भएको छ । गाउपालिका स्तरीय ४ वटा योजना संशोधन भएको छ भने महिला तथा बालबालिका तर्फ १ वटा ,पंजीकरण तथा सामाजिक सुरक्षा शाखा तर्फ १ वटा , कृषि बिकास शाखा तर्फ ४ वटा, पशु बिकास शाखा तर्फ ४ वटा , र स्वास्थ्य शाखा तर्फ १ वटा योजनाहरु संशोधन भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत माझीले जानकारी दिनु भयो । पारित भएको योजनाहरु कुल बजेटको २५ प्रतिशत भन्दा कम रहेको देखिएको छ ।
गाउपालिकाको १२ औ गाउसभामा गाउपालिका उपाध्यक्ष प्रियंका सिंह शाही , वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादव, २ का वडाध्यक्ष अजय कुमार गुप्त , ३ का वडाध्यक्ष अदहम अली देवान, ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबे , ५ का वडाध्यक्ष श्रवणकुमार यादव , ६ का वडाध्यक्ष तौलन केवट, ७ का वडाध्यक्ष राधेश्याम कुर्मी , लगायत गाउकार्यपालिका सदस्य , वडा सदस्य सम्मरीमाई गाउपालिका शाखा प्रमुख , सुरक्षा निकायका प्रमुख इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक , सशस्त्र बलका प्रमुख लगायत सरोकारवालाहरुको सहभागितामा रहेको थियो ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : ००:०१:३७ , २ वर्ष अगाडि