रुपन्देहीको सैनामैना नगरपालिका २ मा एक पुरुषको शव फेला

रुपन्देही खबर , ५३५  पटक हेरिएको

भैरहवा , फागुन २४

रुपन्देहीको सैनामैना नगरपालिका २ उछिटिहवामा मृत अवस्थामा एक जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सैनामैना २ उछिटिहवामा रहेको बाबरी पार्टी प्यालेसबाट १०० मिटर पश्चिम तर्फ रहेको प्लटिङ जग्गामा मृत अवस्थामा नामथर वतन नखुलेको पुरुषको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत पुरुष हेर्दा पहाडी मुलको जस्तो देखिएको, अन्दाजी बर्ष ४० को, टाउकोमा धारिलो बस्तु प्रहार भएको मृत अबस्थामा शव फेला परेको हो ।

शव भेटिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय वुटवल, ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट र गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट डग सहितको टोली परिचालन गरी घटना सम्बन्धमा अनुसन्धानको क्रममा ३ (तिन) जना मानिसहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : २०:३२:१७ , २ वर्ष अगाडि