रोहिणीमा खेमबहादुर गुप्ताको अध्यक्षतामा १० सदस्यिय युवा कार्यसमिती गठन

उर्मिला यादव यात्री , ३६९  पटक हेरिएको

भैरहवा, फागुन २०

पछिल्लो समय रुपन्देही युवा समुह जिल्ला कार्यसमिती रुपन्देहीले संगठन बिस्तार कार्यलाई तिब्रता दिएको छ । यस्तै गरी आज रोहिणी गाउपालिका अन्तर्गत रहेर खेम बहादुर गुप्ताको अध्यक्षतामा १० सदस्यिय नया कार्यसमिती गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्योती बिन्द, कोषाध्यक्षमा सन्तकुमार यादव, सचिवमा सन्तोष कुमार गुप्ता रहनु भएको छ भने सदस्यहरुमा राजेश चौधरी , राजेश हरिजन ,सन्तराम हरिजन, गजेन्द्र प्रसाद यादव , उमेश गुप्ता र बिजय कुमार यादव रहनु भएको छ ।


युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता, जिल्ला महासचिव कृष्ण खरेलको संयोजकत्व तथा युवा नेता रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा संगठन बिस्तार गरीएको हो । कार्यक्रमको उदघाटन गर्दै गाउपालिका अध्यक्ष यादवले युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले कुनै पनि काम गर्न संगठन नै उपयुक्त भएकोले जिल्ला स्तरीय युवा समुह भएमा काम गर्न सहज हुने बताउनु भयो । नेता यादवले रुपन्देही युवा समुहमा धेरै युवाहरुलाई जोडन आग्रह गर्नु भयो । उहाले युवाहरु आफु सक्षम हुनुपर्नेमा जोड दिदै हरेक काम समुहमा गर्नुपर्ने उल्लेख गर्नु भयो । नेता यादवले रुपन्देही युवा समुहले नमुना कार्य गर्दै आएकोले यस्तै युवा समुह समाजमा आवश्यक रहेको बताउनु भयो । उहाले नवगठित युवा समुह रोहिणीको लागि अवसर हुनुपर्ने बताउदै सबैलाई समेटदै लैजानुपर्ने बताउनु भएको छ । युवा नै देशको कर्णधार भएकोले नेतृत्वमा पनि युवा आउनु पर्ने र मिलेर अघि बढनुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।

यस्तै गरी रुपन्देही युवा समुहका संस्थापक अध्यक्ष आनन्द प्रसाद गुप्ताले युवा समुह रुपन्देहीको हरेक क्षेत्रमा गठन भैसकेको बताउनु भएको छ । उहाले युवाहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन सके समाजको मात्र नभइ देश बिकासमा नै महत्वपुर्ण भुमिका निर्वाह हुने बताउनु भयो । उहाले समाजमा भएका गलत गतिबिधीहरुको युवाहरुले ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो । संस्थापक अध्यक्ष गुप्ताले समाजमा कुनै पनि समस्या परे रुपन्देही युवा समुहले त्यसको समाधानमा हरपल साथ रहने बताउनु भयो । उहाले समुहमा आबद्ध युवाहरुको लागी स्वरोजगार तालिम , क्षमता अभिबृद्धि तालिम लगायत बिभिन्न तालिमहरु प्रदान गर्ने जानकारी दिनु भएको छ । उहाले युवाहरु सहिबाटोमा हिडनुपर्ने जोड दिदै अनुशासनका साथ काम गर्नुपर्ने बताउनु भयो । उहाले रुपन्देही युवा समुह पार्टीगत नभएको र बिभिन्न सामाजिक कार्य गर्दै आएको बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले युवाहरुलाई कुनै पनि समस्या परे समुहमा राख्न सकिने र रुपन्देही युवा समुह हरबखत सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी रुपन्देही युवा समुहले अब आउने बैशाख २ गते आफनो अधिवेशन गर्ने निर्णय गरेको छ । जिल्ला अधिवेशनका साथै सास्कृतिक कार्यक्रम, पाच सय भन्दा बढी युवाहरुको समुहद्धारा युवा शक्ति प्रर्दशन , तथा सम्मान कार्यक्रम आउदो बैशाख २ गते होटल पौवामा आयोजना गर्ने जनाएको छ । युवा समुहको अधिवेशनको संयोजकमा रुपन्देही युवा समुहका महासचिव कृष्ण खरेल, आर्थिक ब्यवस्थापनमा अभिषेक जयसवाल, अनुशासनमा शैलेश यादव, सहसंयोजकमा प्रकाश हरिजन , सुरज गुप्ता, बालकुमारी चौधरी , ज्योती कुमारी बिन्द र पत्रकार संयोजकमा रुपन्देही खबरको कार्यकारी सम्पादक उर्मिला यादव यात्रीलाई जिम्मेवारी प्रदान गरीएको छ ।
कार्यक्रममा सदानन्द आश्रम जितपुरका सहसचिव गणेश कुमार पाण्डे, सामाजिक ब्यक्तित्व रामप्रसाद लोध लगायत रुपन्देही युवा समुहका जिल्ला पदाधिकारी , सदस्य लगायत रोहिणी गाउपालिकाका नवगठित युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन समुहका महासचिव कृष्ण खरेलले गर्नु भएको थियो । कार्यक्रममा होली मिलन कार्यक्रम गर्नुका साथै शुभकामना आदानप्रदान समेत गरीएको थियो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २१:२७:३९ , २ वर्ष अगाडि