ओमसतियामा ५ मा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

रुपन्देही खबर , २८३  पटक हेरिएको

भैरहवा , फागुन १८

रुपन्देहीको ओमसतिया गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबार देखि वडा नम्बर ५ बाट सुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा रोजगारीका लागि सुचिकृत भएका स्थानियहरुलाइ रोजगारी दिने उद्देश्य सहित आयोजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताउनु भयो । जम्मा ६३ जना सुचिकृत भएको मध्ये वडा नम्बर ५ मा २५ जनालाइ रोजगारी दिइएको पाण्डेले बताउनु भयो । छानिएका २५ जनालाइ न्युनतम एक सय दिनको रोजगारी सुनिश्चित गरिएको छ। उनीहरुलाइ दैनिक ५ सय ७७ रुपैयाका दरले पारिश्रमिक दिइने पाण्डेको भनाइ छ । छानिएका २५ जना महिला श्रमिकले दैनिक ७ घण्टा काम गर्नेछन । उनिहरुलाइ वडाकै सार्वजनिक एवम ऐतिहासिक स्थलहरुको सरसफाइ, मर्मत , कुलो कुलेसो मर्मत लगायतका काममा लगाइने ५ नम्बर वडाका वडाअध्यक्ष मदन प्रसाद पोखरेलले बताउनु भयो । पहिलो चरणमा वडा नम्बर ५, ४ र ३ का कामदार छानिएका गाउपालिका प्रवक्ता समेत रहनु भएको पोखरेलले बताउनु भयो । काम गर्दा स्थानिय एवम घरेलु औजार प्रयोग गरिने उहाको भनाइ छ ।

आयोजनाको उदघाटन गर्दै ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पाएको रोजगारको गुनासो नआउने तरिकाले काम गर्न निर्देशन दिनु भयो । बेरोजगार अवस्थामा रहेका बिपन्न नागरिकलाइ रोजगारी दिने उद्देश्य सहित ल्याइएको यो कामको सदुपयोग गर्न समेत उहाले आग्रह गर्नु भयो । ” तपाइहरुलाइ गाउपालिकाले सुचिकृत गरेको छ, यति एक सय दिनको लागि मात्र हैन आगामी दिनमा पनि तपाइहरुलाइ प्रयोग गर्ने पालिकाको नीति रहेको छ ।” यादवले भन्नु भयो ” गुनासो नआउने गरि काम गर्नुहोला ।” कामका लागि पारिश्रमिक आयोजनाको सहजीकरण रोजगार प्रविधिक शैलेन्द्र गुप्ता र रोजगार सहायक मनोज कुमार गुप्ताले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : १९:०३:०६ , २ वर्ष अगाडि