कपिलवस्तुमा अबैध १७ वटा पाडापाडी नियन्त्रणमा

धनी राम काेरी , २०१  पटक हेरिएको

ताैलिहवा , फागुन १६

कपिलवस्तु जिल्लाकाे शुद्धोधन गाउँपालिका वडा नम्बर ५ फुलुवापुर स्थित भारतिय सिमानाकाबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि गरी ल्याउदै गरेको १७ वटा पाडा पाडी ईलाका प्रहरी कार्यालय पकडिबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई देखेपछि मानिसहरु पाडा पाडी छाेडेर भारत तर्फ भागेको र अन्दाजी मुल्य ३ लाख ४० हजार बराबरको पाडा पाडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रबक्ता प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : २०:०१:२३ , २ वर्ष अगाडि