यू-१९ विश्वकप एसिया छनोट नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

रुपन्देही खबर , २२४  पटक हेरिएको

काठमाडौं,फागुन १५

यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा कुवेतमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो । आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ । नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् । रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : ०७:५३:३५ , २ वर्ष अगाडि