रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा जसपा,लोसपा र जनमत विद्यार्थी संगठनबीच गठबन्धन 

रुपन्देही खबर , १०१९  पटक हेरिएको

भैरहवा, फागुन १३

आगामी चैत ५ गते गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र जनमत पार्टी निकट विद्यार्थी संगठनले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन गरी भाग लिने सहमति गरेका छन् ।

पार्टीको निर्देशन बमोजिम तीनवटा विद्यार्थी संगठनबीच गठबन्धन गरी स्ववियु निर्वाचनमा भाग लिने र अन्य दल तथा समूहबीच छलफल जारी राख्ने सर्वसम्मत निर्णय भएको विज्ञप्तीमार्फत तीन विद्यार्थी संगठनले आज जानकारी दिएका छ्न ।

समाजवादी विद्यार्थी युनियनका राहुल यादव, लोकतान्त्रिक विद्यार्थी संघका जैनुद्दिन देवान र जनमत विद्यार्थी संघका विरेन्द्र लोधद्वारा जारी विज्ञप्ती मार्फत उक्त जानकारी गराइएको छ ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : २१:१४:०९ , २ वर्ष अगाडि