नवलपरासी पूुर्बमा बुलिङटार गाउँपालिकाको नतिजा सार्बजनिक

कल्पना कुुँवर , ४७६  पटक हेरिएको

नवलपरासीपूुर्ब, जेष्ठ १

नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिका मध्ये बुलिङटार गाउँपालिकाको अन्तिम परिणाम सार्बजनिक भएको छ । आईतबार साँझ भएको मतपरिणाम अनुुसार नेकपा एमालेका दिपेन्द्र सुुनारी ४०५९ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका शसिकिरण बस्ताकोटीले ३९०० मत प्राप्त गर्नुुभएको छ ।

यसै गरि उपाध्यक्षमा नेपाली काग्रेसका दिलमाया राना मगरले ४२३९ मतका साथ बिजयी हुुनुुभएको छ भने नेकपा एमालेका भुुमिका खण्डलुकले ३५१९ मत प्राप्त गर्नुुभएको छ ।

२०७४ को निर्बाचनमा यहाँ नेपाली काग्रेसले जित हात पारेको थियो भने अहिले अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले पाँच वटा वडाध्यक्ष सहित प्यानल र एमालेले एक वडाध्यक्ष सहित प्यानल मा जित हात पारेको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २३:३४:१७ , २ वर्ष अगाडि