प्रकाश न्यौपाने , २५० पटक हेरिएको
नवलपरासी, फागुन १३
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको पन्चनगर बजार बिकास समितीले फोहोर वर्गीकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । तालिममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने लक्ष्यका साथ काम गरिएको बताउनु भयो । श्रेष्ठका अनुसार -“घरबाट निस्किने फोहोर घरमा नै व्यवस्थापन गर्न सके सफा र सुन्दर नगर बनाउन सकिन्छ ।” फोहोर व्यवस्थापन गर्न फोहोरको वर्गीकरण गरि फोहोरलाई कुहिने, नकुहिने र सिसा जन्य गरि व्यवस्थापन गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य, ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, १० का कार्यवाहक अध्यक्ष बिस्वराज घिमिरे, ११ का वडा अध्यक्ष फरिन्द्र चौधरीले बोल्दै फोहोर व्यवस्थापनमा आम नागरिकको महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।
घर घरबाट निस्किने फोहोरलाई घरैमा वर्गीकरण गर्न सिकाउने उद्देश्यले फोहोर वर्गीकरण सम्बन्धि तालिम सञ्चालन गरिएको पन्चनगर बजार बिकास समितीका अध्यक्ष रामजी चापागाईंले बताउनु भयो । बर्दघाट वाड नम्बर ८,९,१० र ११ का वडा सदस्य, टोल बिकास समितीका सदस्यहरु र स्थानीय गरि दुई सय जनाको उपस्थिति रहेको चापागाईंले जानकारी दिनु भयो । बजार बिकास समितिका उपाध्यक्ष जयस्वर भुसालले स्वागत र महासचिव इन्द्रजित चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा मोहन न्यौपानेले फोरोह व्यवस्थापन र वर्गीकरणमा सहजीकरण गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०२-२५ , समय : २०:०८:२५ , २ वर्ष अगाडि