राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क

धनी राम काेरी , ३२५  पटक हेरिएको

ताैलिहवा, फागुन १३

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन हुनुभएको छ। आज शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

जसको महिला उपाध्यक्षमा दिपिका वि.क., उपाध्यक्षमा धनिराम कोरी, सचिवमा सागर वि.क., कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज वि.क. चयन हुनु भएको छ भने सदस्यहरुमा अंशु ढकाल वि.क., प्रमोद हरिजन र सेम्ला वि.क. चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमतिले अब जिल्लामा दलित पत्रकारलाई एकतावद्ध गराई दलित समुदायका मुद्धालाई शसक्त रुपमा उठान गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शम्भु वि.क.ले बताउनु भएको छ । यही फागुन २० गते गोरुसिंगेमा बैठक बस्ने निर्णय समेत भएको वि.क.ले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : १९:५२:५५ , २ वर्ष अगाडि