समानुपातिक समाबेशिताको सुनिश्चितता र दलित युवाहरुको भुमिका विषयक बृहत अन्तरक्रिया सम्पन्न

अस्मिता परियार , २२५  पटक हेरिएको

दाङ, फागुन ८

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका पालिका वडा नं ५ मा ” जातीय विभेद तथा छुवाछूतको अन्त्य गरौं , समता र न्यायपुर्ण समाजको निर्माण गरौं ” भन्ने मुल नाराका साथ समानुपातिक समावेशीताको सुनिश्चितता र दलित युवाहरुको भुमिका विषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा दलितहरुलाई सरकारको हरेक निकायमा कसरी पहुँच गराउने , गैर दलितले दलित समुदायका व्यक्तिहरुलाई हेर्ने दृष्टिकाेण परिवर्तन गराउने , दलितहरुको समस्या कसरी समाधान गर्ने र दलितहरुको पहिचानलाई संरक्षण कसरी गर्ने लगायत अन्य विषयवस्तुहरुमा छ्लफल भएको थियो ।

संयुक्त दलित युवा अभियान दाङको अध्यक्ष खेमराज सेन्चुरिको अध्यक्षता र संयुक्त दलित युवा अभियान दाङको आयोजनामा सम्पन्न भएको छ भने कार्यक्रम सन्चालन सन्तोष परियारले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०२-२० , समय : १६:००:०६ , २ वर्ष अगाडि