लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल नवलपरासीको तेस्रो बैठक बर्दघाटमा

रुपन्देही खबर , २२८  पटक हेरिएको

नवलपरासी , फागुन ५

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटि नवलपरासीको तेस्रो बैठक बर्दघाट ४ चिसापानीमा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष गोपाल सिंह आले मगरको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य एबम जिल्ला इन्चार्ज सुबोध जागृत बुढाथोकीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकबाट विभिन्न बिषयमा छलफल गरी जिल्ला भित्र रहेका सबै गाउपालिका र नगरपालिकामा आउदो चैत्र महिनाको १५ गते भित्र अधिबेशन सम्पन्न गर्ने र संगठन निर्माण गर्ने निर्णय गरिएको छ। जसमा सरावल गाउपालिकामा यहि फागुन २० गते हुने अधिबेशन इन्चार्जमा महासंघका सदस्य भेष नारायण चौधरी, बर्दघाट नगरपालिकाको अधिबेशन यहि फागुन २७ गते र सो को इन्चार्जमा टेकबहादुर बुढाथोकी , रामग्रामको अधिबेशन चैत्र ३ गते र इन्चार्जमा लोक बहादुर चौधरी र सुनवल को अधिबेशन चैत्र ४ गते र इन्चार्जमा महासंघका उपाध्यक्ष मन बहादुर थापा मगरलाई तोकिएको संघका उपाध्यक्ष थापा मगरले बताउनु भयो । साथै महासंघ केन्द्रीय कमिटिको महाअधिबेसनको निम्ति २ जना महिला र ३ जना पुरुष गरी ५ जना प्रतिनिधि पनि छनोट गरिएको छ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : २०:०९:३७ , २ वर्ष अगाडि