उर्मिला यादव यात्री , ३९८ पटक हेरिएको
भैरहवा, फागुन ५
एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
निर्दाेष मेरा सन्तानको ज्यान त्यसै लिएका छौ ।।
सम्झाउ म कसरी बुझ तिमी आफैले ।
दुबै तिमी मेरा सन्तान, किन रगत पिएका छौ ।।
एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
सानैदेखि धेरै पिडा सहि तिमलाइ र्हुकाएको ।।
आज मेरा सन्तानलाइ फुटाएर जिएका छौ ।
एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
सराप्नेछ मेरा आसु देशद्रोहि पापी हो ।
खुसी मेरा छिनेर आनन्द लिएका छौ ।।
एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
लडाएर सन्तान मेरा टुक्राउन खोज्यौ देश
रगतका खोला तिमी दिन प्रतिदिन सिएका छौ ।।
एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
लेखक :उर्मिला यादव यात्री
सिनपा ७ भैरहवा रुपन्देही
प्रकाशित मिति: २०२३-०२-१७ , समय : १०:२४:३७ , २ वर्ष अगाडि