रुपन्देही खबर , ३४० पटक हेरिएको
भैरहवा, फागुन ३
जनता समाजवादी पार्टी नेपाल जसपाकाअध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले रुपन्देहीमा जसपाको संगठन बलियो नभएकोले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा हार ब्यर्होनु परेको बताउनु भएको छ। जसपा नेपाल जिल्ला समन्वय समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले रुपन्देहीमा जसपाको युवा, बिद्यार्थी , महिला , कृषक लगायत संगठन नभएको बताउनु भएको छ । गाउमा गाउकमिटी हुदा वडा कमिटी नभएको बताउदै जुन छन त्यो पनि निस्क्रिय भएको बताउनु भयो ।
राजनीतिमा समय र परिस्थितीको साथ रणनीतीमा पनि बदलाव हुन्छ अध्यक्ष यादवले भन्नु भयो । उहाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन नभइ केही सीटमा तालमेल मात्र भएको बताउनु भएको छ । उहाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको बताउनु भयो ।
अध्यक्ष यादवले एमालेसँग गठबन्धन भएको भन्ने जनताको बुझाइ गलत भएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘तालमेलमा कहीं फाइदा र कहीं नोक्सान हुन्छ । ’ पाँचदलीय गठबन्धनबाट निर्वाचनमा ९ सीटमा जसपा निर्वाचन लडेको भए राष्ट्रिय पार्टी बन्नेथिएन, न हाम्रो नेतृत्वमा प्रदेश सरकार बन्थ्यो न अहिले जस्तो भूमिका रहन्थ्यो । उहाले पार्टीले गरेको निर्णय सही भएको दावी गर्नु भयो । उहाले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुन सक्ने बताउनु भएको छ । उहाले केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी भए पनि असंवैधानिक रुपमा दुईपटक संसद् विघटन गरिएपछि लोकतन्त्रको रक्षाका लागि असंवैधानिक कदमको विरोध गर्दै जसपाले प्रदर्शन गरेको यादवले बताउनु भयो । उहाले पहिलो प्रर्दशन जसपाले काठमाण्डौमा गरेको र त्यसपछि अन्य पार्टी आएको बताउनु भयो । उहाले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएपछि कांग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नभएको निष्कर्षमा पुगेको उहाको भनाइ छ । अध्यक्ष यादवले कांग्रेस, एमाले र माओवादी केन्द्रमा एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा नरहेको जिकिर गर्नुभयो । अध्यक्ष यादवले कांग्रेससँग गठबन्धन गर्दा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रत्यक्षतर्फ १० सीट जिते पनि राष्ट्रिय पार्टी बन्न नसकेको उहाले बताउनु भयो । उहाले जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठबन्धनमा सहभागी भए पनि राष्ट्रिय पार्टी बन्न नसकेको बताउनु भयो ।
अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा केही समयपछि जसपा सरकारमा सहभागी हुने जानकारी दिनु भयो । जसपाको भूमिका महत्वपूर्ण रहेको उहाको भनाइ छ । उहाले जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मत समेत दिए पनि सरकारमा सहभागी नभएको बताउनु भयो । उहाले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा समानजनक सहभागीता हुनुपर्ने जसपाको माग रहेको उल्लेख गर्नु भयो । सीट बांडेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने अध्यक्ष यादवको भनाइ छ ।
संघीयतालाई मजबुत बनाउन संघीय कानून आवश्यक रहेको अध्यक्ष यादवले बताउनु भयो । उहाले ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेश आन्दोलनको महत्वपूर्ण उपलब्धी भएको बताउनु भएकोे छ ।
संघीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन लाद्ने प्रयास भइरहेको उहाको भनाइ छ । पार्टी भित्र आपसी एकता र समझदारी आवश्यक भएकोे बताउदै अध्यक्ष यादवले पार्टीलाई कमजोर बनाउने, अन्तरघात गर्ने र पार्टीका उम्मेदवारलाई हराउन खोज्नेलाई पार्टीमा राख्न नहुने तर्क गर्नु भयो । उहाले संगठन बिना शक्ति निर्माण हुन नसक्ने जिकिर समेत गर्नु भएको छ । उहाले कांग्रेस र एमाले विकास गर्ने, निर्वाचन लड्ने र सरकारमा जाने कुरा मात्र गरेको बताउनु भयो । नेता यादवले जसपाको कांधमा उत्पीडित जनतालाई अधिकार दिलाउन, भेदभाव हटाउन र समृद्ध मुलुक बनाउने जिम्मेवारी रहेको बताउनु भएको छ । उहाले ‘शोषित पीडित जनतालाई जनसंख्याको आधारमा अधिकार नदिइएको र दलित र महिलालाई सामाजिक न्यायको प्रत्याभूति दिलाउन बाँकी छ रहेको बताउनु भएको छ ।
कार्यक्रममा पूर्व कृषिराज्य मन्त्री तथा जसपा नेता ओमप्रकाश यादव गुल्जारीले मधेशीहरुको अधिकार प्राप्तिमा जसपा अध्यक्ष उपेन्द्र यादवको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । उहाले मधेश आन्दोलनले समाजमा धेरै परिर्वतन आएको बताउदै यसको देन जसपा अध्यक्ष यादवको भएको बताउनु भयो । उहाले जसपा पार्टी भित्र एकता आवश्यक भएकोले सबै पार्टी कार्यकर्तालाई एकजुट भएर अगाडी बढन आग्रह गर्नु भयो ।
यस्तै गरी जसपा केन्द्रीय सदस्य सावित्रा विश्वकर्माले पार्टीलाई मजबुत बनाउन भातृ संगठनलाई पनि मजबुत बनाउनु पर्ने बताउनु भएको छ । उहाले आगामी दिनमा जनता संग रहेर निरन्तर रुपमा काम गर्न सके अवश्य पनि जित हासिल गर्न सकिने बताउनु भयो । उहाले कार्यसमितीमा सही निर्णय नहुदा लुम्बिनी प्रदेश केन्द्रमा टुहुरो बनेको गुनासो गर्नु भयो । उहाले जसपालाई बलियो बनाउन सबै समुदायलाई जोडेर लैजानुपर्ने बताउदै दलित समुदायलाई उचित स्थान दिनुपर्ने माग गर्नु भयो ।
यस्तै गरी लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले हरेक नेता कार्यकर्ता उच्च मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । उहाले पार्टी निर्माणमा हरेक नेता कार्यकर्ताको भुमिका स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाले संगठन निर्माणमा तदारुकता देखाएमा एक महिना भित्रमा नै रुपन्देहीको अवस्थामा फरक पाउन सकिने बताउनु भयो । उहाले जसपा भित्र बिवाद, नेताकार्यकर्ताहरुको बिचको मतभिन्नता र एक अर्कालाई बिश्वास गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको बताउनु भएको छ । यस्तो अवस्था आउनुमा सम्पुर्ण कार्यकर्ता जिम्मेवार भएको बताउदै सबै कार्यकर्ताका कमीकमजोरीलाई खुलेर बोल्न सके मात्र रुपन्देही जिल्लाको संगठन बलियो बनाउन सकिने जोड दिनु भयो ।
यस्तै गरी पार्टीका संघीय परिषद सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले हरेक टोल, गाउ समाजमा गएर जसपा नेपालको संगठन निमार्ण गर्नुपर्ने बताउनु भएको छ । उहाले हरेक समुदायलाई समेटेर अघि बढनुपर्ने जोड दिनु भयो । उहाले रोहिणी गाउपालिकामा आफु निर्वाचित भैसकेपछि जनता संग गरेको बाचा जनताको काधमा काध मिलाएर गर्दै आएको बताउनु भएको छ ।
यस्तै गरी जसपा नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र यादवले संगठनलाई सुदृकरण गर्दै मजबुत बनाउदै अघि बढनुपर्ने बताउनु भएको छ । जसपा नेपाल रुपन्देहीका अध्यक्ष रामअवतार यादवको अध्यक्षता, पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष नवलकिशोर सिंहको स्वागत तथा उपाध्यक्ष सियाराम यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रकाशित मिति: २०२३-०२-१५ , समय : २२:४०:४६ , २ वर्ष अगाडि