रुपन्देहीमा आफ्नै श्रीमानबाट श्रीमतीको हत्या

रुपन्देही खबर , ५३८  पटक हेरिएको

भैरहवा, फागुन २

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ धमौली बस्ने सञ्जय भन्ने रामनारायण लोधले आफ्नै श्रीमतीको हत्या गरेका छ्न । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रामनारायण लोधले आफ्नी २४ बर्षिय श्रीमती सरोज लोधलाई भारतमा मेला हेर्न जान भनी मोटरसाईकलमा राखेर भारतको डफालीपुर भन्ने गाउमा लगी हात खुट्टा बाँधी निर्ममपुर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरेका छ्न ।

हत्या गरी उनी घर फर्किएको र जाहेरीको आधारमा प्रहरीले खोजतलास गरी गत माघ २५ गते उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधलाइ जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१४ , समय : १९:०२:०७ , २ वर्ष अगाडि