नवलपरासीमा हालसम्म १३ वडाध्यक्ष निर्वाचित

हरि शर्मा , ४१६  पटक हेरिएको

परासी, जेठ १
पश्चिम नवलपरासीमा आइतबार दिउँसोसम्म १३ वडाध्यक्ष निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सुनवल नगरपालिकाबाट २ जना वडाध्यक्ष छन्। वडा नं. १ मा मनबहादुर थापा र वडा नं. २ मा राजेन्द्र यादव वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनीहरु दुवै एमालेका उम्मेदवार हुन्।
 
रामग्राम नगरपालिकाबाट ४ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा वडा नं. १ मा रुद्र प्रकाश उपाध्यक्ष(राप्रपा), वडा नं. २ मा निरज रौनियार(जसपा), वडा नं. ३ मा उज्ज्वल न्यौपाने(राप्रपा) र वडा नं. ४ मा मदन यादव(जसपा)वडाअध्यक्षमा निर्वाचित भएका छन्। 

बर्दघाट नगरपालिकाबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा वडा नं. १ मा सन्दिप सापकोटा र वडा नं. १६ मा भीमकाजी गुरुङ छन्। उनीहरु दुवै नेपाली कांग्रेसका उमेदवार हुन्। 

प्रतापपुर गाउँपालिकाबाट २ जना निर्वाचित भएका छन्। वडा नं. १ मा महेन्द्र बहादुर थारु (नेपाली कांग्रेस) र वडा नं. २ मा राम नरेश यादव (राप्रपा) वडाअध्यक्षमा निर्वाचित भएका हुन्। 

सरावल गाउँपालिकाबाट २ जना निर्वाचित भएका छन्। वडा नं. १ मा विस्नु प्रसाद भट्टराई(एमाले) र वडा नं. ७ मा ह्यात खाँ धुनिया( माओेवादी ) बाट निर्वाचित भएका हुन्।
 
पाल्हीनन्दन गाउँपालिकाबाट १ जना निर्वाचित भएका छन्। वडा नं. १ मा चुल्हाई प्रसाद यादव(नेपाली कांग्रेस) वडाध्यक्षमा निर्वाचित भएका हुन्।

सुस्ता गाउँपालिकामा शनिबार बिहानबाट मत गणना भएपनि कुनै वडाको परिणाम आउन सकेको छैन।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २०:५१:०७ , २ वर्ष अगाडि