रुपन्देही युवा समुहद्धारा मर्चवारमा ४० सदस्यीय नया कार्यसमिती गठन

उर्मिला यादव यात्री , ६५९  पटक हेरिएको

भैरहवा, माघ २८

रुपन्देही युवा समुह जिल्ला कार्यसमिती रुपन्देहीको आयोजनामा आज कोटहीमाइ गाउपालिका वडा नम्बर ५ मझगावामा सतीस कुमार ठाकुरको अध्यक्षतामा ४० सदस्यीय नया कार्यसमिती गठन गरीएको छ । जसको उपाध्यक्षमा अवधेश यादव , कोषाध्यक्षमा रामअवतार यादव ,र सचिवमा दिपराज धरियार रहनु भएको छ । यस्तै गरी सदस्यहरमा आनन्द मौर्य , अमिर पठान, अभिषेक धवल, गणेश पाल, कारीम मुसलमान, रामुपाल, रोहित उपाध्याय, अमरजीत केवट, सन्दिप हरिजन, अभय कुमार शुक्ला, राहुल सहानी, मधुसुधन मिश्रा ,इन्द्रजित लोध, अनिरुद्ध केवट, रेनु पाल, प्रशान्त पाण्डेय ,रामनाथ यादव,राजकुमार बानिया,इन्ताब मुसलमान, राजतिलक धवल, अरुन पाल, परमात्मा पाल,ओमप्रकाश यादव, रामबहादुर यादव, प्रदिप यादव, रामबहादुर लोध, पवनकुमार बढइ , मंजय कुमार मौर्या र राजकुमार यादव लगायत रहनु भएको छ ।

रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता, जिल्ला सदस्य शैलेश यादवको संयोजकत्व तथा युवा नेता निबर्तमान रोहिणी गाउपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा संगठन बिस्तार गरीएको हो । कार्यक्रमको उदघाटन गर्दै युवा नेता यादवले युवाहरु एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले कुनै पनि काम गर्न संगठन नै उपयुक्त भएकोले जिल्ला स्तरीय युवा समुह भएमा काम गर्न सहज हुने बताउनु भयो ।

नेता यादवले रुपन्देही युवा समुहमा धेरै युवाहरुलाई जोडन आग्रह गर्नु भयो । उहाले युवाहरु आफु सक्षम हुनुपर्नेमा जोड दिदै हरेक काम समुहमा गर्नुपर्ने उल्लेख गर्नु भयो । नेता यादवले रुपन्देही युवा समुहले नमुना कार्य गर्दै आएकोले यस्तै युवा समुह समाजमा आवश्यक रहेको बताउनु भयो । उहाले नवगठित युवा समुह मर्चवारको लागि अवसर हुनुपर्ने बताउदै सबैलाई समेटदै लैजानुपर्ने बताउनु भएको छ । युवा नै देशको कर्णधार भएकोले नेतृत्वमा पनि युवा आउनु पर्ने र मिलेर अघि बढनुपर्ने बताउनु भयो ।

यस्तै गरी रुपन्देही युवा समुहका संस्थापक अध्यक्ष आनन्द प्रसाद गुप्ताले युवा समुह रुपन्देहीको हरेक क्षेत्रमा गठन भैसकेको बताउनु भएको छ । उहाले युवाहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन सके समाजको मात्र नभइ देश बिकासमा नै महत्वपुर्ण भुमिका निर्वाह हुने बताउनु भयो । उहाले समाजमा भएका गलत गतिबिधीहरुको युवाहरुले ध्यानाकर्षण गराउनु पर्ने बताउनु भयो । संस्थापक अध्यक्ष गुप्ताले समाजमा कुनै पनि समस्या परे रुपन्देही युवा समुहले त्यसको समाधानमा हरपल साथ रहने बताउनु भयो ।

उहाले समुहमा आबद्ध युवाहरुको लागी स्वरोजगार तालिम , क्षमता अभिबृद्धि तालिम लगायत बिभिन्न तालिमहरु प्रदान गर्ने जानकारी दिनु भएको छ । उहाले युवाहरु सहिबाटोमा हिडनुपर्ने जोड दिदै अनुशासनका साथ काम गर्नुपर्ने बताउनु भयो । उहाले रुपन्देही युवा समुह पार्टीगत नभएको र बिभिन्न सामाजिक कार्य गर्दै आएको बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले युवाहरुलाई कुनै पनि समस्या परे समुहमा राख्न सकिने र रुपन्देही युवा समुह हरबखत सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

नवगठित कार्यसमितीलाई संस्थाका संस्थापक अध्यक्ष आनन्द प्रसाद गुप्ताले सपथग्रहण गराउनु भएको थियो । भने कार्यक्रम संचालन रुपन्देही युवा समुहका कृष्ण खरेलले गर्नु भएको थियो । कार्यक्रममा मर्चवारका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : २०:५२:४८ , २ वर्ष अगाडि