जगिलाल थापा , ७९२ पटक हेरिएको
कञ्चन, माघ १३
रुपन्देहीको कञ्चन गाउापालिका वडा नं. ३ हरैयामा रहेको श्री हरैया माध्यमिक बिद्यालयको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिद्यालयमा बिविध कार्यक्रम सहित सम्पन्न गरिएको छ। कार्यक्रममा हरैया माध्यमिक बिद्यालयलाई नुमना बिद्यालयको रुपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रुपले व्यवस्थित र विश्वसनियताको आधार निर्माण गर्नु पर्ने कुरालाइ वक्ताहरुले जोड दिएका छन।
बिद्यालयको भौतिक पक्षलाईमात्र ध्यान दिंदा बिद्यालयमा बिधार्थीहरुलाई दिइने शैक्षिक कृयाकलालाई पनि बढी महत्व दिनु पर्ने कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले मानवता सम्बन्धी सही शिक्षा नदिएसम्म भौतिक रुपमा जति धेरै बिकास गरेपनि त्यो बिकासको अपनत्व र दिगो नहुने उल्लेख गर्दै हरेक बिद्यालयहरुले अवको शिक्षामा शिक्षण शैलीमा सुधार ल्याउन नसके अन्य बिकासको पनि कुनै अस्तित्व र अपनत्व बढाउन नसकिने बताउनु भयो। बिद्यालयको शैक्षिस्तरलाई समाज रुपान्तरणमा लगानी हुन सक्ने शिक्षाको रुपमा बिकास गर्न सके त्यो बिद्यालयको अस्तित्व पनि अझ राम्रो र दिगो हुने बताउदै अध्यक्ष ढकालले शिक्षालाई समाजको आधारभुत बस्तुको रुपमा समेत बुझ्न आवस्यक रहेको उल्लेख गर्नु भयो।
कञ्चन गाउापालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले समृद्ध कञ्चनको आधार शिक्षाको गुणस्तरलाई बनाउनु पर्नेमा जोड दिनु भयो। यदि त्यो स्थानीय तहमा शैक्षिक गुणस्तर कायम गर्न सकिएन भने सवल कञ्चनको अवधारणा असफल हुने उल्लेख गर्नु भयो। शिक्षा क्षेत्रमा गएिको लगानी तत्काल नदेखिएपनि कालान्तरमा देश र समाजको लागि निकै अतुलनिय बन्न सक्ने निवर्तमान अध्यक्ष क्षेत्रीले बताउनु भयो।
वडा नं. ३ का वडा अध्यक्ष टीकारमा सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै पैसाका कारण कुनैपनि बिधार्थीले बिद्यालय छोड्नु पर्ने अवस्थाको अन्त्य गर्न केही सहजता मिलोस भन्ने् उद्धेश्यका साथ आफुले पनि अक्षयकोषमा १ लाख १ हजार १११ रुपैया चन्दा स्वरुप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। अरुलाई अनुशासजको पाठ सिकाइरहदा आफुले पनि अनुशासनको पालना गर्नु पर्ने उल्लेख गर्दै वडा अध्यक्ष सापकोटाले हरैया माध्यमिक बिद्यालयल शैक्षिक र भौतिक रुपले पनि नमुनायोग्य बिद्यालयको रुपमा बिकास भइरहेको बताउनु भयो।
कार्यक्रममा वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा एमालेका दिनानाथ आचार्य, नेपाली कांग्रेसका बासुदेवद्वीन पौडेल, नेकपा माओवादीका पुष्पराज शर्मा, नेकपा मशालका दीपक पौडेल, रेडियो कञ्चनका अध्यक्ष लेखनाथ पौडेल, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष यम बहादुर क्षेत्री, अक्षयकोषदाता हरिकला थापा लगायतले बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गर्न शिक्षक, अभिभावक, बिधार्थी र बिभिन्न राजनैतिक दल र शैक्षिक व्यक्तित्वहरुको समेत बिशेष ध्यान, सहयोग र आपसी समन्वय हुनुपर्नेमा जोड दिनु भएको थियो।
बार्षिक उत्सवको अवसर पारेर बिद्यालयलाई आर्थिक ससहयोग गर्ने शिक्षक, कर्मचारी र शुभेच्छुकहरुलाई सम्मान गरिएको कार्यक्रममा जेहेन्दार तथा उत्कृष्ट बिधार्थीहरुलाई बिभिन्न पुरस्कार तथा छात्रबृत्ति समेत प्रदान गरिएको थियो।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा तथा सहायक प्रधानाध्यापक प्रकाश आचार्यले स्वागत गर्नु भएको कार्यक्रममा बिधार्थी तथा शिक्षकहरुद्वारा बिभिन्न नृत्य प्रस्तुत गरेका थिए। बि.सं. २०२४ सालमा शिक्षाप्रेमी गगन बहादुर क्षेत्री लगायत तत्कालिन शैक्षिक अगुवाहरुको अगुवाइमा स्थापना भएको बिद्यालयको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा शिक्षक तुल बहादुर थापाले सञ्चालन गर्नु भएको थियो।
कक्षा १२ सम्मा साधारण र प्राबिधिक शिक्षा तर्फ कम्प्युटर बिज्ञान शिषयको पठन पाठन हुने बिद्यालयमा करिब १ हजार ४ सय बिधार्थीले अध्ययन गर्दै आएका छन।
प्रकाशित मिति: २०२३-०१-२७ , समय : ०८:५४:४० , २ वर्ष अगाडि