धकधईमा जारी मेयर कप क्रिकेट प्रतियोगितामा आज रोहिणी १ र सात बिच खेल हुदै

उर्मिला यादव यात्री , ३८२  पटक हेरिएको

भैरहवा, माघ ७

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा जारी मेयर कप–२०७९ क्रिकेट प्रतियोगिता आज पनि जारी छ । आज शनिबार पहिलो खेल अब केही बेरमै सुरु हुने आयोजकले जनाएको छ । आजको पहिलो खेल रोहिणी १ र सात बिच हुनेछ । यस्तै गरी दोस्रो खेल दिउसो १ बजेदेखी रोहीणी ४ र रोहिणीका कर्मचारी बिच हुने क्रिकेट प्रतियोगिता संयोजक रुपेश कुर्मीले जानकारी दिनु भएको छ ।

यस्तै गरी शुक्रबार भएको पहिलो खेलमा रोहिणी सातले जितेको छ । पहिलो खेल रोहिणी ३ र रोहिणी ७ बिच भएको थियो । प्रतियोगितामा रोहिणी ३ ले टस जितेर ब्याटिंग रोजेको थियो भने रोहिणी सातले पहिलो ब्याटिंग गर्ने क्रममा निर्धारित १५ ओभर खेल्दै १ सय ८७ रन बनाएर जित सुनिश्चित गरेको छ । १ सय ८८ रनको बिशाल लक्ष्य पछयाउदै रोहिणी ३ ले १५ ओभर खेल्दै १ सय १सय ७८ बनाउन मात्र सक्यो । यस्तै गरी शुक्रबार नै भएको रोहिणी २ र रोहिणी ६ बिचको दोस्रो खेलमा रोहिणी २ ले जितेको छ । खेलमा रोहिणी २ ले टस जितेर पहिलो बलिंग रोजेको थियो भने रोहिणी ६ ले पहिलो ब्याटिंग गर्ने क्रममा १५ ओभरको खेलमा १४ ओभर मै आफनो सबै विकेट गुमाउदै १ सय ३७ रन मात्र बनाउन सक्यो भने रोहिणी २ ले १३८ रनको टारगेट पछयाउदै आफनो सात विकेट गुमाउदै १४ दशमलव ५ ओभर बनाउदै जित सुनिश्चित गरेको छ ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियोगिता जारी छ ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : १०:३६:१७ , २ वर्ष अगाडि