बर्दघाटमा दुइ महिने वेसिक व्युटि पार्लर तालिमकाे उद्घाटन

पप्पु रेग्मी , २४०  पटक हेरिएको

बर्दघाट, माघ ४

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मवस्तिमा  रमा व्युटि पार्लर तथा ट्रेनिङ सेण्टर सिटि बिटिद्वारा सम्बन्धन प्राप्त रमा ब्युटिपार्लर र ट्रेनिङ सेन्टरकाे आयाेजनामा २ महिने वेसिक व्युटि पार्लर तालिमकाे बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा समाजसेवी सावित्रा अधिकारीकाे अध्यक्षता  तथा बर्दघाट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता  सन्तबहादुर गाहाको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाहाले अहिलेको समयमा व्युटि पार्लर सीप सिकेर आफ्नै गाउँ घरमा व्यवसाय गरेमा आर्थिक लाभ हुनुका साथै स्वराेजगार हुने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि १४ नम्बरका पूर्व वडा अध्यक्ष केशव के.सी., नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका जिल्ला सदस्य पप्पु रेग्मी, प्रगति आमा समूहको अध्यक्ष ललिता पान्डे, दिल कुमारी दर्लामी र प्रशिक्षक सगुन घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

रमा अर्याल अधिकारीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सञ्चालन मधुसुदन अर्यालले गर्नुभएको थियो भने तालिममा २२ जना प्रशिक्षार्थी रहेका छन ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : २३:५१:१४ , २ वर्ष अगाडि