रुपन्देहीको ओमसतिया २ पडसरीमा माघ महोत्सव–२०७९ हुने

उर्मिला यादव यात्री , ३६०  पटक हेरिएको

भैरहवा, माघ ४

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीमा माघ महोत्सव–२०७९ हुने भएको छ । २६४७ औं थारु लवा वर्ष एवंम माघी खिचडी पर्वको अवसरमा यही माघ ७ गते शनिबार महोत्सव हुने थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजना तथा थारु कल्याणकारिणी सभा ओमसतिया गाउँपालिकाको सह–आयोजनामा हुने महोत्सवको पूर्व गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुहुने थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीले बताउनु भएको छ । थारु संस्कृतिको जर्गेना गर्ने उद्देश्यले ओमसतिया–२ पडसरी स्थित थारु कल्याणकारिणी सभाको भवन क्षेत्रमा महोत्सव आयोजना गरिने चौधरीले बताउनु भयो । उहाले माघ ७ गते शनिबार मध्यान्ह १२ बजे महोत्सवको उद्घाटन हुने र सोही दिन थारु कल्याणकारीणी सभाको सचिवालय भवन तथा थारु संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको जानकारी दिनु भएको छ । उहाले महोत्सवमा थारु परिकारहरु घोघं, पदुसनी, चेची लगायत बिभिन्न परिकारहरु राखिने चौधरीले बताउनु भयो ।

यस्तै गरी महोत्सवको पूर्व संध्यामा माघ ६ गते शुक्रबार बिहान ९ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाले जानकारी दिनु भयो । उहाले माघ १ गते माघी मनाइने भए पनि थारुहरुको लागि माघ महिनाभरी नै उत्सवको रुपमा हुने गरेको बताउनु भयो ।

‘थारु भाषा, कला संस्कृति अउर पहिचान, न्याय समानता, अधिकारके संघर्ष हम्मनके अभियान’ भन्ने नाराका साथ थारुहरुले धुमधामका साथ थारु लवा वर्ष मनाउने उहाले जानकारी दिनु भयो । महोत्सवमा गायक मिलन चौधरी, घनश्याम सेञ्चुरी, दिपेन चौधरी र गायिका उमा चौधरी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरीको अध्यक्षता, ओमसतिया गाउँपालिका उपाध्यक्ष तथा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका सदस्य सुनिता चौधरीको स्वागत तथा थारु कल्याणकारिणी सभा रुपन्देहीकी सचिव सरिता चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका कोषाध्यक्ष चन्द्रभान चौधरी , थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका सदस्य करमचन्द्र चौधरी , प्रकाश सिंह चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १८:००:५९ , २ वर्ष अगाडि