रोहिणी गाउँपालिका ३ धकधईमा आजदेखि मेयर कप २०७९ क्रिकेट प्रतियोगिता शुरु

उर्मिला यादव यात्री , ४१०  पटक हेरिएको

भैरहवा, माघ ३

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा आजदेखि मेयर कप–२०७९ (क्रिकेट प्रतियोगिता) शुरु भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो भएकोले स्थानिय स्तरबाट नै खेलाडी उत्पादन गरी रोहिणीलाई नमुना गाउपालिकाको रुपमा स्थापित गर्ने आफनो लक्ष्य रहेको बताउनु भएको छ ।


यस्तै गरी रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष बिरबहादुर क्षेत्रीले रोहिणी गाउपालिकाले खेलकुद क्षेत्रको बिकासका लागी बिभिन्न किसिमका खेलकुद प्रतियोगिता गर्दै आएको बताउनु भएको छ । उहाले यहाका युवाहरुको लागी रोहिणी गाउपालिकाले महत्वपुर्ण अवसर प्रदान गरेकोले वडा नम्बर १ देखि सातवटै वडाका युवा खेलाडीहरुको प्रतिभाको पनि पहिचान गर्न सकिने बताउनु भएको छ ।

यस्तै गरी रोहिणी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष करम खानले आगामी दिनमा पनि खेलकुद क्षेत्रको बिकासका लागी रोहिणी गाउपालिकाले बिभिन्न किसिमका प्रतियोगिताहरु आयोजना गर्ने बताउनु भएको छ। खानले यस क्षेत्रका युवाहरुको लागी रोहिणी गाउपालिकाले जुन अवसर दिएको छ यसको सहि ढंगले सदुपयोग गर्दै इमान्दारी पुर्वक खेल खेल्न आग्रह गर्नु भएको छ । उहाले यो प्रतियोगिताबाट खेलाडीहरुको छनोट गरी जिल्ला हुदै क्षेत्रिय, प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सहभागी गराउने उदेश्य रहेको समेत जानकारी दिनुु भएको छ ।
यस्तै गरी आज रोहिणी गाउपालिका वडा नम्बर १ र वडा नम्बर ३ बिच भएको खेलमा वडा नम्बर १ ले ३ लाई हराउदै जितको सुरुवात गरेको छ । भने भोलि बुधबार वडा नम्बर ५ र सात बिच खेल हुने आयोजकले जनाएको छ । खेल बिहान १० बजेदेखि सुरु हुनेछ ।

माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एक कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु ६० हजार, द्धितिय पुरस्कार रु ३० हजार, तृतीय पुरस्कार १५ हजार र सान्तवना पुरस्कार १५ हजार रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-१७ , समय : २०:४५:२५ , २ वर्ष अगाडि