नवलपरासीमा फरार प्रतिवादी पक्राउ

रुपन्देही खबर , ४४९  पटक हेरिएको

नवलपरासी , पुस २८

जिल्ला प्रहरी कार्यालय नवलपरासीले फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सरावल गाउपालिका ४ बस्ने २५ बर्षिय सरोजा कुमारी अहिर र सोही स्थान बस्ने ५५ बर्षिय राम बृज केवट रहेका छन ।  प्रहरीको अनुसार प्रहरी नायब निरीक्षक गोकर्ण चौहानको कमाण्डमा खटिएको टोलीले बिभिन्न मुद्धामा कैद तथा जरविाना फैशला भई लुकी छिपी बसेको अहिर र केवट लाई सरावल ४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई  जरिवाना तथा सजायं कार्बाहीको लागी जिल्ला अदालत नवलपरासीमा  पठाईएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीका  सूचना अधकिारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।                                                                                

प्रकाशित मिति: २०२३-०१-१२ , समय : २०:२९:०९ , २ वर्ष अगाडि