मानव अधिकार तथा शान्ति समाजको पच्चीसौ राष्ट्र्रिय परिषद बैठक शुक्रबार देखि सुरु हुने

उर्मिला यादव यात्री , ३४३  पटक हेरिएको

नवलपरासी ,पुस २८

मानव अधिकार तथा शान्ति समाजको पच्चीसौ राष्ट्र्रिय परिषद बैठक शुक्रबार देखि भुमहीमा सुरु हुने भएको छ । शुक्रबार देखि नवलपरासीको भुमहीमा सुरु हुने पच्चीसौ राष्ट्र्रिय परिषद बैठकको सम्पुर्ण तयारी पुरा भएको मानव अधिकार तथा शान्ति समाज नवलपरासीका सभापति गणेश न्यौपाने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ । कार्यक्रमलाई सफल बनाउनका लागी हरेक जिल्लाबाट दुइ सय ८० जनाको सहभागिता रहने न्यौपानेले उल्लेख गर्नु भयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोबिन्द खनालले पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिदै मानव अधिकार तथा शान्ति समाज, मानव अधिकार आन्दोलन उठान गर्ने संस्था भएकोले बिद्यालयमा लागु औषध दुब्र्यसन बिरुद्धको अभियान, बृक्षारोपण लगायत बिभिन्न कार्यक्रम समेत गर्दै आएको बताउनु भयो । उहाले शुक्रबार शान्ति रयाली संगै दिउसो दुई बजे मुल समारोहको उद्घाटन हुने र मुल समारोहमा दलित कन्या पुज्ने अभियानको सुरुवात गरीने समेत बताउनु भयो । बिभेदमा परेका ब्यक्तिहरुलाई खास गरी दलित छात्राहरुलाई छात्रबृति प्रदान गर्ने शान्ति समाजले  अभियान संचालन गदै आएको समेत जानकारी दिनु भएको छ । उहाले मानव अधिकार तथा शान्ति समाजले बिकास मुखी राजनिती , सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मुल नाराका साथ मुख्य एजेन्डालाई अघि सारेको बताउनु भएको छ । यस्तै गरी युद्ध निषेध शान्ति बिशेष अभियान, परराष्ट्र नीतिको आधार शान्ति अहिंसा हुनुपर्ने , चुरे बिनास रोक्न शान्तिपुर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक, बैज्ञानिक शिक्षामा जोड दिदै बिश्व बिज्ञान दिवस मनाइने , महिला अधिकार मानव अधिकार , सामाजिक न्यायका लागी शान्ति समाजको अभियान लगायत सुचना प्रबिधि शिक्षा र संस्कृति  लगायतका एजेन्डाहरु अघि सारेको समाजका केन्द्रिय अध्यक्ष  खनालले जानकारी दिनु भएको छ ।

यस्तै गरी मानव अधिकार तथा शान्ति समाजले आज बृक्षारोपण गरेको छ । बृक्षारोपण कार्यक्रम संयोजक देबु भटराईले सुनवल ११ मिश्रौली अवस्थित श्री सार्वजनिक आधारभुत बिद्यालयमा धुपी , अशोका, फुल , निमका बिरुवा लगायत आज ४० वटा बिरुवाहरु बृक्षारोपण गरेको जानकारी दिनु भएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा  पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : १७:४१:२० , २ वर्ष अगाडि