लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

रुपन्देही खबर , २०५  पटक हेरिएको

बुटवल, २७ पुस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नु भएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिएकोमा निर्धारित समयसीमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन, नागरिक उन्मुक्तिका चार, लोसपाका तीन र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ । तर गिरीले नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीबाहेकका दलको समर्थन पाउनु भएको छ ।

 

प्रकाशित मिति: २०२३-०१-११ , समय : १९:०२:५२ , २ वर्ष अगाडि