समाजको विकास र महिलाहिंसा मुक्त क्षेत्र घोषणा गर्नेछु : वडा अध्यक्ष पदको उम्मेदवार आचार्य

रुपन्देही खबर , ११३४  पटक हेरिएको

नवलपरासी, बैशाख २६

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ७ बाट नेकपा एमाले र जनमुक्ति पार्टिको संयुक्त गठबन्धनबाट यस वडामा पहिलो पटक महिला उम्मेदवार हुने अवसर पाएकोले वडा अध्यक्ष पदको उम्मेदवार बनाए पछि नोसन आचार्य( सुवेदी)ले आफ्नो उम्मेदवारी औचित्यपूर्ण रहेको बताएकी छिन ।

यही वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनमा आफु र आफ्नो संम्युक्त टिम निर्वाचित भए पछि अव्यवस्थित रहेका कामहरू शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, सडक, सत्यवचनको सत्सङ,मठ, मन्दिर, मस्जिद लगायत यस वडामा रहेको सामुदायिक विद्यालय राष्ट्रिय मा.वि.लाई नमूना विद्यालयको रुपमा संस्थागत विकास गर्दै लैजाने बताएकी छ्न । विभिन्न विकासको पुर्वधारको योजनाहरू ल्याएर पुरा गर्ने वडा अध्यक्ष पदको उम्मेदवार आचार्य (सुबेदी)ले बताएकी हुन ।

आईतवार गरिएको घर दैलो कार्यक्रममा मतदाताहरुसंग मत माग्ने क्रममा आफुहरुलाई मत किन ? भन्दा यस वडामा महिला सम्बन्धि कुनै कार्यकम नभएकोले, यस वडालाई महिलाहरुको क्षमताको विकास गर्नका लागि अभिमुखिकरण कार्यक्रम ल्याउने, यस वडालाई महिला तथा वालवालिकाहरु प्रति हुने हिंसा मुक्त वडा घोषणा गर्ने कार्यक्रमका योजनाहरु ल्याउने, कृषकहरुको खेत वारीमा लगाएको वालीनालीहरु क्षति भएमा तुरुन्तै क्षतिपूर्ति पाउनकोलागि पहल गर्ने, आवश्यकता अनुसार सिप मूलक (महिला पुरुष ) हरुलाई तालिम, सेमिनार गोष्ठिहरु गरेर सबैलाई वडामा रोजगारी सिर्जना गर्नका लागि पहल गर्ने त्यस कारण आफ्नो उम्मेदवारी दिएको बताईन ।

यसै गरि घर दैलो गर्ने क्रममा आफू र आफ्नो पार्टीको घोषणापत्र अनुसार नै मतदाताहरुले नेकपा एमालेको संयुक्त गठबन्धनलाई मत दिएर बिजयी गराउन अनुरोध गरेकि छ्न ।
यस वडा नम्वर ७ मा पहिलेको नेतृत्वले गरेका अधुरा योजनाहरु र हामीले ल्याउने नयाँ योजनाहरु पनि सबै संग संगै बसेर छलफल गरेर हरेक कामहरु हातेमालो गरेर अघि बढ्ने लक्ष्य रहेकोले हामी महिलाले पनि अवसर पाएमा गर्न सक्ने दावी गर्दै आफूले उम्मेदवारी गरेको आचार्य सुबेदीले बताईन ।

उनले पार्टीको घोषणापत्र र केही स्थानीय समस्या समाधान गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउदै, २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित भएको ठाउँभएको हुनाले पनि हाम्रा सबैको राम्रा काम गर्न यस पटकको निर्वाचनमा अझ बढी यस ७ नम्बरका वडाबासिहरुले आफूहरुको प्यानललाई अत्याधिक मतले विजयी बनाउने भन्ने बिश्बास रहेको बताईन ।

नेकपा एमाले टोल कार्य समिती र भातृ संगठनलाई अझ बढी क्रियाशील बनाउदै मतपत्रलाई बदर हुनबाट जोगाउन मतदाताहरूलाई सिकाउदै घरदैलो कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति: २०२२-०५-०९ , समय : ०९:४२:४७ , ३ वर्ष अगाडि