धनिराम कोरी , ११०९ पटक हेरिएको
कपिलवस्तु वैशाख २५
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सेटिङ मिलाएर सामान खरिद गर्दा ५७ लाख ६३ हजार वढीको अनियमितता भएको खुलासा भएको छ ।
टेन्डर गराउदा प्रतिस्पर्धा हुने भएपछि नगरपालिकाले टेन्डर नै नगरीकन ५ लाख भन्दा कम मुल्य बनाई पटक पटक सामान खरिद गरेको खुलासा भएको हो
सार्वजनिक खरिद ऐन २०६४ दफा ८ को उपदफा २ अन्तर्गत ५ लाख सम्मको समान सोझै खरिद गर्न मिल्ने व्यवस्था छ । सो भन्दा वढी रकमको सामाग्री खरिद गर्दा कोटेशन गर्नु पर्ने भएकोले सेटिङ मिलाएर खरिद भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको छ ।
एकै दिनमा धेरै विलबाट कारोवार भएको समेत प्रतिवेदन २०७८ मा उल्लेख भएको छ ।
प्रकाशित मिति: २०२२-०५-०८ , समय : ११:०२:५७ , ३ वर्ष अगाडि