ज्ञानोदय आधारभुत बिद्यालयको ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

जगिलाल थापा , २५०  पटक हेरिएको

कञ्चन, पुस १५

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ मा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। कार्यक्रममा अभिभावकहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बिद्यालयको शैक्षिक स्तरमा बृद्धि गर्न शिक्षक र बिद्यार्थीहरुको बलले मात्र नहुने बताउनु भएको छ। बिधार्थी, शिक्षक र अभिभावकहरुको संयुक्त सहकार्य र आपसी समन्वयले मात्र हरेक बिद्यालयहरुको शैक्षिक स्तरमा गुणस्तरियता प्राप्त गर्न सकिने गाउपालिका अध्यक्ष ढकालले उल्लेख गर्नु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले महिलाहरु घरको चुलोचौकालाई पनि व्यबस्थित गरेर सामुदायिक उत्तरदायित्व बहन गर्दै भविष्यका कर्णधार मानिने स साना बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्नमा समेत नेतृत्व बहन गर्ने क्षमता राख्छन भन्ने ज्वलन्त उदाहरण यस बिद्यालयका प्रधानाध्यापक भएको प्रष्ट पार्नु भयो।


यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बिद्यालय बालबालिकाहरुको सुनदर भविष्य निर्माण गर्नेमात्र नभई देशका लागि असल र सभ्य नागरिक निर्माण गर्ने स्थल भएको उललेख गर्नु भयो। बिद्यालयबाट सिकेको शिक्षाले बिद्यार्थीहरु देशलाई नै नेतृत्व गर्न सक्ने व्यक्तिको रुपमा स्थापित हुने भएकोले बिद्यालय तहबाटै देश र जनताको निस्वार्थ सेवा गर्ने भावना सहितको दक्ष नागरिक उत्पादन हुने शिक्षा दिनु आवस्यक रहेको उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।

बिद्यालयका प्रधानाध्यापक रेनुका थापाले बिद्यालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयमा अध्ययनरत बिधार्थीहरुको शैक्षिस्तर बृद्धि गर्न बिद्यालयमा आवस्यक शिक्षक दरवन्दी नरहेको बताउनु भयो। बिद्यालयमा आवस्यक शिक्षक दरबन्दी नभएपनि बिद्यालयमा भएको श्रोत साधनको अधिक्तम उपयोग तथा अभिभावकहरुको सहयोग सल्लाह र समन्वयमा बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नमा कुनै कमी हुन नदिएको समेत प्रधानाध्यापक थापाले बताउनु भयो। बिद्यालयमा बिद्यार्थीको आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पठन पाठनलाई प्राथमिकता दिदै अनुशासित र असल बिद्यार्थी उत्पादनमा समेत बिद्यालय र अभिभावकहरुको समेत बढी ध्यान बढिरहेको प्रधानाध्यापक थापाले जानकारी दिनु भयो।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले शैक्षिक क्षेत्रमा राज्यको लगानी कम भएको बताउदै हरेक सामुदायिक बिद्यालयहरुले आफुसंग भएको श्रोतहरुको अधिक्तम उपयोग र अभिभावहरुको सहयोगले मात्र बिद्यालयको शैक्षिक स्तरलाई राम्रो गराउने अधिक्तम प्रयास गर्दै आएको उललेख गर्नु भयो। बिद्यालयलाई अवास्यक पर्ने कुनैपनि सहयोग उपलब्ध गराउन वडाबाट आवस्यक पहल र समन्वय हुने वडा अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो।
कञ्चन गाउँपालिका शिक्षा, युवा तथा खेलकुद बिभागका बिभागिय प्रमुख रमेश भुसाल, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी. लगायतले बिद्यालयको शैक्षिक प्रगतीको कामना सहित मन्तव्य राख्नु भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रेनुका थापाले अति विपन्न परिवारबाट अध्ययन गर्न आउने दुई जना बिधार्थीहरुलाई एक एक जोडा न्यानो जुत्ता र सैनामैना ११ बरौलीका मुकुण्ड पौडेले एक जना बिपन्न बिद्यार्थीलाई छत्रबृत्ति स्वरुप नगद ५ सय रुपैया सहयोग गर्नु भएको थियो।

बिद्यालयका व्यबस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक इन्द्रकुमार भलामीले स्वागत गर्नु भएको थियो भने शिक्षक भिष्मप्रसाद अर्यालले सञ्चालन गर्नु भएको थियो।

प्रकाशित मिति: २०२२-१२-३० , समय : ०९:००:०३ , २ वर्ष अगाडि