उत्तम कुमार थापा , २७४ पटक हेरिएको
बझाङ, पुस १३
बझाङको साईपाल गाउँपालीकामा यहीँ ८ गते देखि शिविर सञ्चालन भएको थियाे । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे अति दुर्गममा रहेको साईपाल गाउँपालीकामा ३ दिने शिविर सञ्चालन भएको हाे । शिविरमा एक हजार अठतीस जनाले स्वास्थ्य परिक्षण गरि सेवा लिएको गाउँपालीकाका ईन्जिनियर तिलक बिकले जानकारी दिनु भयाे ।
स्थानीयतहकाे निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित गाउँपालीका अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङले जनताको पहिलो समस्या स्वास्थ्यमा देखा परेको भन्दै,स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गर्नु भएको थियाे । उपाध्यक्ष तामाङले साईपालका महिला दिदीबहिनीहरुकाे समस्या लाई मध्यनजर गर्दै, स्वास्थ्य शिविर ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी लाई आग्रह गर्नु भएको थियो ।
राष्ट्रपति भण्डारीले दुर्गम साईपालकाे स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै,शिविर सञ्चालन गर्न पहल गर्नु भएको उपाध्यक्ष तामाङले बताउनु भएको छ । उहाँको पहल र साईपाल गाउँपालीकाकाे सहकार्यमा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे आयाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा जिएमसि हस्पिटल पोखराका साथै युसिएमसी भैरहवा काे प्राबिधिक सहयाेगमा शिविर सञ्चालन भएको थियाे ।
दुर्गम गाउँमा बिशेषज्ञ डाक्टरद्वारा शिविर सञ्चालन भएपछि साईपालका नागरिकले सेवा पाएका हुन । राेटरी क्लब नक्सालका सँस्थापक डाक्टर लुना शर्माकाे संयोजकत्वमा गुरासे कल्याणकारी सेवा परिषदका सल्लाहकार माधव शर्मा , राष्ट्रपति कार्यालयका स्वकीय सह- सचिव शिव भट्टराई सहितको उपस्थिति रहेको थियो। शिविरले १ हजार ३८ जना बिरामीकाे उपचार गरेको छ भने ७ जनालाई रिफर गरिएको हाे । रिफर हुनेमा साईपाल वडा नम्बर ३ कि ५५ बर्षिया भैईता देवी बाेहरालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियाे । उहाँ लगायत जटिल बिरामी ७ जनालाई रिफर गरिएको गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताउनु भएको छ । शिविरमा महिलाकाे तल्लो पेट दुख्ने आङखस्ने लगायत हाेलबाेडी चेकअफ सेवा रहेको थियाे ।
प्रकाशित मिति: २०२२-१२-२८ , समय : २०:५७:४९ , २ वर्ष अगाडि