धनिराम कोरी , ८६३ पटक हेरिएको
महाराजगन्ज, बैशाख २४
कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेबाट महाराजगन्ज नगरपालिकाकाे मेयर पदकाे उमेदवार रामदास चाैधरी लाेकप्रिय तथा युवा नेताकाे रुपमा चर्चित रहनु भएको छ भने नेपाली कांग्रेसबाट मेयर पदमा कपिलवस्तु जिल्ला काे सभापति अब्दुल कलाम खान बीच कडा प्रतिस्पर्धा हुने पक्का रहेको छ ।
सर्वसाधारण जनताको जुनसुकै समस्यालाई समाधान गर्नकाे लागि आफु तयार रहेको चाैधरी बताउनु भयो । उता खानले ५ बर्ष मेयर पदमा जितेर जनताको सेवा गर्नु भएको हाे । चाैधरी र खान बीच कडा प्रतिस्पर्धा हुने महाराजगन्ज बासीकाे अनुमान रहेको छ ।
रामदास चाैधरीकाे परिवार समाजकाे सेवामा पहिले देखि नै अग्रसर रहेको पाइन्छ । चाैधरी पनि जनताको सुखदुःख मा साथ दिदै आउनु भएको छ । चुनावी मैदानमा चाैधरी आउदा सर्वसाधारणकाे साथ र समर्थन बढ्दै गएको छ ।
स्थानीय बासीकाे अनुसार मेयर पदमा नयाँ अनुहार आउनु पर्छ तब मात्र महाराजगन्जकाे विकास र समृद्धि हुन्छ । नयाँ अनुहार अयाे भने विकास पनि तीव्र गतिमा हुन्छ ।
चाैधरीले भन्नु भयो उपमेयरमा पनि नेकपा एमाले बाट उपमेयर कि उमेदवारी दिनु भएकी भानमति यादवकाे पनि जित्ने सम्भावना बढी रहेको छ ।
प्रकाशित मिति: २०२२-०५-०७ , समय : १४:५४:५६ , ३ वर्ष अगाडि