रुपन्देहीका क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण

रुपन्देही खबर , २५०  पटक हेरिएको

रुपन्देही, पुस १२

रुपन्देहीका क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । तिनाउ खोला नजिक रहेका क्रसर उद्योगहरुको अनुगमन तथा निरीक्षण गरिएको हो । 

सियारी गाउँपालिकाभित्र पर्ने ९ वटा उद्योगहरुमा अनुगमन तथा निरीक्षण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनु भएको छ । पालिकाभित्र पर्ने ती क्रसर उद्योगहरुबाट पालिकाले पाउनुपर्ने राजस्व संकलन नभएको तथा खोलाबाट चोरी निकासी भएको खबर पाएपछि उद्योगको अनुगमन गरिएको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।  

पालिका अध्यक्ष घिमिरेसहित उपाध्यक्ष एवं अनुगमन समिति संयोजक तारा थारु, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, लेखा अधिकृत नारायण प्रसाद पौडेल लगायतले अनुगमन तथा निरीक्षण गर्दै बाँकी वक्यौता तिर्न आग्रह गर्नु भएको छ । 

सियारीभित्र पर्ने अधिकांश क्रसर उद्योगहरुले विगतका वर्षदेखि नै राजश्व नतिरेको भन्दै ७ दिनभित्र बुझाउन आग्रह गरिएको अध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिनु भएको छ।  

प्रकाशित मिति: २०२२-१२-२७ , समय : २०:२४:५८ , २ वर्ष अगाडि