बैंक तथा बित्तिय संस्थाको ज्यादती बिरुद्ध भैरहवाका उद्योगी, ब्यवसायीहरु आन्दोलित

उर्मिला यादव यात्री , ४६८  पटक हेरिएको

भैरहवा, पुस १२

बैंक तथा बित्तिय संस्थाको ज्यादती एवम चालु पुंजी कर्जा निर्देशिका २०७९ असरबारे भैरहवाका उद्योगी तथा ब्यवसायीहरु आन्दोलित भएका छन । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा आज शान्तिपूर्ण बिरोध र्याली एवम नेपाल राष्ट्र बैंक भैरहवामा धर्ना कार्यक्रम गरीएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोभिडको कारण अहिले अधिकांश उद्योग ब्यवसाय बन्द रहेको अवस्थामा बित्तिय संस्थाहरुको ज्यादती पनि बढदै गएको बताउनु भएको छ । उहाले बैंक ब्याजदरको बिरुद्ध महासंघले आफनो अधिकार माग्दा राज्यले सुनुवाई नगरेको कारण बाध्य भएर नेपाल उद्योग बाणिज्य संघ लगायत जिल्लाका उद्योग बाणिज्य संघहरु बिभिन्न चरणमा आन्दोलनमा जानु परेको गुनासो गर्नु भएको छ । सरकारको नितिका कारण अहिले लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरुको उत्पादन २० प्रतिशतमा झरेकोले बन्द हुने अवस्थामा पुगेको बताउनु भएको छ । उहाले यस्तो अवस्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने समेत बताउनु भएको छ । देशको अर्थतन्त्र जोगाउने आफुहरुको पनि जिम्मेवारी भएकोले आन्दोलनलाई खुकुलो बनाएको जोड दिनुभयो । उहाले भन्नुभयो हामी सित ऋण र्तिने पैसा पनि छैन ,हामी ब्याज र्तिदैनौ भनेका पनि छैनौ,चर्काे ब्याजदरमा हामी हाम्रो ब्यवसाय चलाउन पनि सक्दैनौ । उहाले अहिले बजारलाई चलायमान गर्नका लागी बित्तिय संस्थाहरु सहकार्य गरेर अघि बढनुपर्ने समयमा चरम ज्यादती दिइरहेकोले यसको अन्त्य नगरे बैंकमा ताला लगाउने चेतावनी दिनु भएको छ । वर्तमान अवस्थामा साना ब्यापारी मात्र नभई ठूलो लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेको उहाको भनाइ छ । उहाले ब्यवसाय मैत्री बातावरण सिर्जना गर्नका लागी सरकार संग आग्रह गर्नु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेश कुमार अग्रवालले उद्योगी ब्यापारीहरुलाई असाध्यै पिडा पर्ने गरी चालु पुंजी कर्जा निर्देशिकाको आँडमा बैंकहरुको ज्यादती बढेकोले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनु भएको छ । एकातिर बैंककोे ब्याजदर बढदा अर्काेतिर ब्यवसाय घटने दोहोरो मारमा उद्योगी ब्यसायीहरु परेकोले उद्योग ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उद्योगी ब्यवसायीको समस्यालाई छिटो भन्दा छिटो सम्बोधन गरी बजारलाई चलायमान गराउन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नु भएको छ ।

यस्तै गरी धर्ना कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठले बैंक तथा बित्तिय संस्थाहरुले उद्योगी ब्यवसायीहरुलाई आतंकित बनाएकोले यसको बिरुद्धमा उत्रिएको बताउनु भएको छ । उहाले उद्योगी ब्यवसायीको हितको लागी आफुहरु स्थानिय तहदेखि लिएर सरकार संग र बित्तिय संघसंस्थाहरुसंग यस्तै किसिमको आवाज उठाउदै आएको बताउनु भएको छ । उहाले राष्ट्रबंैक संग ठुलो आवाज लिएर आएको बताउदै यो आन्दोलन आम उद्योगी ब्यवसायीको मात्र नभइ सम्पुर्ण जनताको लागी भएको बताउनु भएको छ । उहाले राष्ट्रबंैक लगायत बित्तिय संस्थाहरुको कारणले गर्दा उद्योगी ब्यवसायीहरु आत्महत्या गर्न बाध्य भएकोले अब बिशेष योजनाका साथ जाने बताउनु भएको छ । बैंक तथा बित्तिय संस्थाहरुले गर्दा उद्योगी ब्यवसायी आत्महत्या गरे त्यही बैंक तथा बित्तिय संस्थालाई हामीले पनि आतंकित बनाउने श्रेष्ठले भन्नु भयो । उहाले आफनो मागहरु माग सुनुवाई नभए बिगतका आन्दोलन भन्दा कडा रुपमा उभिने दाबी गर्नु भएको छ ।

यस्तै गरी उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले नेपाल राष्ट्र बंैकले आफुहरुको आवाजहरु नसुनेकोले बाध्य भएर आन्दोलन गर्न तयार भएको बताउनु भएको छ । भैरहवा क्षेत्रका सम्पुर्ण उद्योगी ब्यवसायीहरु संयुक्त रुपमा शान्तिपुर्ण आन्दोलन तय गरेकोले आफुहरुको माग जब सम्म सुनुवाइ र सम्बोधन हुदैन तबसम्म आन्दोलन जारी रहने बताउनु भयो । उहाले कर्जाको ब्याजलाई एकल अंकमा झार्नुपर्ने, स्पीडदर १ प्रतिशत कम गर्नुपर्ने, बेसरेटलाई यथासक्दो न्यूनतम बिन्दुमा झार्नुपर्ने, प्रिमियम अधिकतम २ प्रतिशत लिनुपर्ने , नेपाल राष्ट्र बैंक मार्फत कर्जा प्रवाह ५ प्रतिशत गर्नुपर्ने, स्थानिय प्रदेश तथा संघिय सरकारका पुजीगत खर्च हुन नसकेका राष्ट्र बैंक मार्फत कर्जा प्रवाह गर्नुपर्ने ,चालु पुजी खर्च निर्देशिका २०७९ खारेज गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएको बताउनु भएको छ ।

यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव बिजय पाण्डेले बैंकको ज्यादतीमा परि कुनै ब्यवसायीले आत्महत्या गर्नुपरे भूत बनेर बैंकर्सहरुलाई तर्साउने चेतावनी दिनु भएको छ । उहाले बैंकको यातना बढ्दै गएको आरोप लगाउदै ब्यवसायीहरु आत्महत्या गर्ने मनस्थितिमा पुगेको समेत बताउनु भएको छ । उहाले बैंकर्सहरुको क्रियाकलापले ब्यवसायी मात्र नभई घरका परिवारहरु पनि तनावमा रहने गरेको बताउदै बर्तमान परिस्थितिमा बैंकको ब्याज र सावा तिर्नै नसक्ने बताउदै ब्यवसायीहरुले कर्जाको सीमा बढाउन माग गर्नु भएको छ ।


यस्तै गरी सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले भोली बुधबार पुनः राष्ट्र बैंक अगाडी धर्ना दिई कर्मचारी र सेवाग्राहीलाई राष्ट्र बैंक प्रवेशमा रोक लगाउने कार्यक्रम रहेकोे जानकारी दिनु भएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा भएको बिरोध ¥याली बिभिन्न माग बोकेको प्लेकार्ड सहित राष्ट्र बैंकमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्र बैंक अगाडी करिब १ घण्टाको धर्ना पछि कोण सभा गर्दै कार्यक्रम सकिएको थियो ।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : १९:४२:०९ , २ वर्ष अगाडि