यदुवंशीहरु मिलेर सशक्त रुपमा अगाडी बढनुपर्नेमा जोड

मदेशी समुदायमा महिलाहरुलाई पुरुषहरुले नै अगाडी बढाउन नचाहेको गुनासो

उर्मिला यादव यात्री , २०००  पटक हेरिएको

भैरहवा , पुस ९

गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीको संयुक्त आयोजनामा परिवार मिलन तथा पिकनिक कार्यक्रम आज रुपन्देहीको चिल्हियामा सम्पन्न भएको छ । यदुबंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा.रणधिर यादवको अध्यक्षता तथा गोपाल सेवा समिती रुपन्देहीका जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले हामी सबै मिलेर सशक्त रुपमा अगाडी बढने बताउनु भएको छ । हाम्रो समाजमा नै दुई प्रबृत्तिका मानिसहरु भएकोले संस्थाको बिकासमा अवरोध सिर्जना भएको गुनासो गर्नु भयो । उहाले अबको दिनमा महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ सो बारे गोपाल सेवा समिती प्रतिबद्ध भएर काम गर्ने जोड दिनु भएको छ । उहाले यादव समुदायमा पनि एकता हुन आवश्यक रहेकोले गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीले मिलेर कार्य गर्नुपर्ने बताउनु भएको छ ।


यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोलाले गोपाल सेवा समितीको स्थापना भएको लामो समयसम्म पनि समिती र यदुबंशीहरुको बिकास हुन नसकेको दाबी गर्नु भएको छ। उहाले गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीलाई अगाडी बढाउनका लागी सबै जना मिलेर समाजमा एम्बुलेन्स संचालन गर्नुपर्ने बताउनु भएको छ । यसको लागी उहाले आफनो वडाबाट एक लाख एक हजार रुपैया बजेट बिनियोजन गर्ने घोषणा समेत गर्नु भएको छ । उहाले हाम्रो समुदायलाई अगाडी बढाउनका लागी सबै एकजुट भएर लाग्नु पर्ने बताउदै आफुले वडाबाट हुन सक्ने सबै खालको सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी गोपाल सेवा समितीका केन्द्रिय सदस्य मातृका यादवले यदुबंशीहरुको इतिहास पुरानो भएको बताउदै केन्द्रमा आफनो समुदायको हकअधिकार कम भएकोले कारण पत्ता लगायनु पर्ने बताउनु भएको छ । उहाले रुपन्देहीमा आफनो समुदायको बाहुल्यता भए पनि निर्वाचन लगायत अन्य क्षेत्रमा पनि हामी आफैले पनि आफनो समुदायका ब्यक्तिहरुलाई स्विकार गर्न नसकेको गुनासो गर्नु भएको छ ।

कार्यक्रममा रुपन्देही खबरका प्रबन्धनिर्देशक उर्मिला यादव यात्रीले मदेशी समुदायमा महिलाहरुलाई पुरुषहरुले नै अगाडी बढाउन नचाहेको बताउनु भएको छ। महिलालाई पुरुष सरह अवसर दिदा समाजले हेर्ने दृष्टिकोण नै फरक हुने भएकोले यसलाई परिर्वतन गर्न जरुरी रहेको बताउनु भएको छ। मदेशी समुदायमा महिलाहरु जति नै शिक्षित भए पनि घरबाट बाहिर निस्कने अवस्था नभएकोले अगाडी बढन नसकेको बताउनु भएको छ। पुरुष सरह महिला पनि उदाहरण्ीय कार्य गर्न सक्ने भएकोले महिलालाई अवसर दिन आग्रह गर्नु भएको छ । उहाले छोरीलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्ने बताउदै समाजमा बिकृतिको रुपमा रहेको दाइजो प्रथालाई गोपाल सेवा समिती र यदुबंशी युवा समाजले अभियानको रुपमा आ आफनो घरबाट नै शुरुवात गर्नुपर्नेमा जोड दिनु भएको छ ।

यस्तै गरी कार्यक्रममा गोपाल सेवा समिती सियारीका अध्यक्ष केशव यादवले यदुबंशीहरु कण कणमा सीमित भएकोले यो कमी कमजोरी कहाबाट भएको छ सोको पहिचान गर्नुपर्ने बताउनु भएको छ । उहाले यादव समाजलाई एकजुट भएर अगाडी बढन आग्रह समेत गर्नु भएको छ ।

यदुबंशी युवा समाज रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा डाक्टर बिरेन्द्र यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । भने गोपाल सेवा समितीका सचिव उमाशंकर यादवले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीले आयोजना गरेको परिवार मिलन तथा पिकनिक कार्यक्रममा महिला र पुरुषमा हाडी फोर प्रतियोगिता, बालबालिकाहरुमा कुर्ची दौड, टफी दौड लगायतका प्रतियोगिता पनि सम्पन्न गरेको छ भने प्रतियोगीतामा प्रथम , द्धितिय र तृतियलाई पुरस्कार समेत बितरण गरीएको थियो ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : २३:१०:५५ , २ वर्ष अगाडि