नवलपरासीको बिओपी हरपुर द्वारा माछा नियन्त्रण

सुरेश यादव , ४२८  पटक हेरिएको

नवलपरासी , पुष ०८

पश्चिम नवलपरासीको सशस्त्र प्रहरी क्याम्प बिओपी हरपुरले १ सय किलाे माछा नियन्त्रणमा लिएकाे बिओपी हरपुरका प्रमुख एवम् सप्रनि सुरेन्द्र बहादुर बाेहाेराले जानकारी दिनुभयाे ।

सशस्त्र प्रहरी क्याम्प बिओेपी हरपुरका सप्रनि बाेहाेराकाे कमान्डमा खटिएकाे सशस्त्र प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्हि भगवती मन्दिर नजिक बाट अबैध रुपमा भन्सार छलि ल्यादै गरेकाे उक्त माछा नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

नियन्त्रणमा लिएकाे उक्त माछा ३० हजार बराबरको रहेकाे छ भने नियन्त्रणमा लिएकाे माछा पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुर पश्चिम नवलपरासीका प्रमुख शुभम साेती,बिओपी हरपुरका सप्रनानि रामनरेश अहिर,संचारकर्मी सुरेश यादव,२ जना स्थानीयकाे राेहबरमा खाल्डो खनि गाडिएको पशु क्वारेन्टाइनका प्रमुख साेतीले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०८:३७:४२ , २ वर्ष अगाडि