कृष्णनगरमा माओवादी र एमालेबिच कडा प्रतिस्पर्धा

धनिराम कोरी , १०५५  पटक हेरिएको

कपिलवस्तु, बैशाख २४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु तथा प्रदेश सभाका निर्वाचनमा दाेस्राे भएका जावेद खान आफू अहिले कडा प्रतिस्पर्धामा रहेको बताउनुभयाे । यस्तै नेकपा एमालेका तर्फबाट युवा माझ लोकप्रिय नेता कुनाल प्रताप शाहको संभावना प्रबल रहेता पनि प्रतिस्पर्धा भने कडा हुने देखिएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धामा रहेको बताउनु भएको छ ।

मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनताको साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धामा रहेको बताउनु भएको छ ।

यस्तै कृष्णनगरमा मंगल गुप्ता र कुनाल प्रताप शाहको क्रेज भने उच्च छ । नेकपा माओवादी केन्द्र स्थानीय निर्वाचन ०७४ मा भने दोस्रो पार्टी भएको थियो । माओवादी केन्द्र र नेकपा एमालेको कडा प्रतिस्पर्धामा कांग्रेस कृष्णनगरलाई आफ्नो बिरासत जोगाउन हम्मे हम्मे परेको छ ।

शाह परिवारका नेता कुनाल प्रताप शाह विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःखमा साथ दिदै आएका खान चुनावी दौडमा लाेकप्रिय नेता मध्ये एक हुन ।

कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धामा रहेको बिश्वास ब्यक्त गर्नु भयो । नेता खानले माओबादी केन्द्रलाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो ।

यता नेकपा एमालेले पनि प्रतिस्पर्धा कांग्रेस संग नभइ माओवादी संग हुने आकलन गरेको छ ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १३:४८:५९ , ३ वर्ष अगाडि