नवलपरासीको सुनवलमा व्यावसायिक सटरमा भिषण आगलागी

सात वटा पसलका सामान जलेर पूर्णरुपमा नष्ट

नबिन पौडेल , ३७०  पटक हेरिएको

सुनवल,पुस ७

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ सोमनाथस्थित व्यावसायिक सटरमा भिषण आगलागी भएको छ । लज्जावती कन्ट्रक्सनले सञ्चालन गरेको सात वटा सटरमा बिहीबार बिहान करिब १ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनु भएको छ ।

आगलागीबाट मोटर ग्यारेज, टायल पसल, ब्याट्री पसल र एउटा होटलसहित ७ वटा पसलका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागी नियन्त्रणमा लिनका लागि रामग्राम र बर्दघाट नगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयलाई करिब तीन घण्टा लागेको थियो ।

आगलागीबाट डेढ करोडभन्दा बढीको सामान नष्ट भएको अनुमान गरिएको छ । आगलागीको कारण एकिन नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-२२ , समय : ११:२१:१८ , २ वर्ष अगाडि