वैदेशिक रोजगारीबाट प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा बितरण

रामु भुसाल , ३२१  पटक हेरिएको

परासी , पुस ४

पश्चिम नवलपरासीमा बैदेशिक रोजगारबाट प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा बितरण गरिएको छ। अन्तराष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसरमा रामग्राम नगरपालिका द्वारा संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजना तथा आप्रवासी परिवार हकहित मञ्चको सहकार्यमा बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन भएका र अन्य कारण बाट प्रभावित परिवारका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा बितरण गरिएको हो ।

रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्झाना चौधरी को अध्यक्षता तथा नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यता मा परासीमा आइतबार सम्पन्न कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले बैदेशिक रोजगारमा जानुभन्दा पहिला सहि सुचना र सिप सम्बन्धी ज्ञान लिएरमात्र जान युवाहरुलाई अग्रह गर्दै सिप नहुदाँ बैदेशीक रोजगार जदाँ ज्ञान नहुनाले युवाहरु बिदेशमा दुख पाउने गरेको बताउनु भयो ।

साथै उहाले नगरले बैदेशीक रोजगारमा ज्यान गुमाएका परिवार तथा प्रभावित हरुलाई जिबीकोपर्जनको लागि सिप मुलक तालिमको आयोजना गर्ने योजना बनाईएको बताउनु भयो। नगरपालिकाले सिप सम्बन्धी तालिम दिई तेस्ता परिवारको जिबिकोपार्जन गरी परिवार पाल्न सक्ने बिश्वास व्यक्त गर्नुभयो।

सो अबसरमा कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नगरउपप्रमुख चौधरीले युवा वा युवतीहरुले वैदेशिक रोजगारीमा जानुभन्दा सिप सिकेर स्वरोजगार हुन सके बिदेश जानुपर्ने बाध्यता नरहने बताउदै बैदेशिक रोजगारलाई सीप युक्त र ठगी मुक्त बनाउन सबै लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा आप्रवासी परिवार हकहित मञ्चका जिल्ला अध्यक्ष रामु भुसालले मंच गठन भएदेखि नै वैदेशिक रोजगार सम्बन्धि विभिन्न गतिबिधी र सचेतना मुलक कार्यक्रम गर्दै बैदेशिक रोजगारमा ज्यान गुमाएका, परिवारसंग सम्पर्क बिहीन भइ समस्या परेका तथा अन्य बिबिध कारणले समस्या भएका परिवार मध्यका जसले राज्य वा कुनै निकायबाट सहयोग नपाएका बालबालिकाहरुलाई प्रत्येक बर्ष विभिन्न संघ सस्थाको सहयोगमा शैक्षिक समाग्राी र न्यानो कपडा बितरण गरी उनिहरु लाई हौसला प्रदान गर्दै आएको बताउनु भयो।

सो अबसरमा सामीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले वैदेशिक रोजगारको अबसर,समस्या,र चुनौती सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा मिडिया कर्मीको तर्फ देखि रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम, संघसस्थाको तर्फ देखि समृद्धि सामाजिक सस्था कि अध्यक्ष रन्जिता कुमारी पटेल,प्रभावित परिवारका सदस्य लगायतले मन्तब्य राख्नु भएको थियो।

बैदेशीक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन र समस्यामा परेका परिवार त्यसमा पनि गरिब दलित परिवारका बालबालिकालाई छनौट गरी कापी डेढ दर्जन, कलम,स्कुल झोला ,ट्याक्ट सुट लगायत गरि प्रती बालबालिका लाई २५ सय रुपैयाँ बराबरको सामाग्री जिल्लाका २० जनालाई बितरण गरिएको मञ्चका उपाध्यक्ष एवम सामी कार्यक्रम कि मनोपरामर्स कर्ता सुमित्रा चौधरीले जानकारी दिनु भयो।

वैदेशिक रोजगार सम्बन्धी अन्तरकृया समेत रहेको सो कार्यक्रममा सरोकार वाला,विभिन्न सस्थाका प्रतिनिधि ,मंचका जिल्ला र नगरका प्रतिनिधि , पत्रकार ,सामी कार्यक्रमका कर्मचारी, प्रभावित बालबालिका र परिवारको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०७:३३:४८ , २ वर्ष अगाडि