अपांग दलित र एकल महिलालाई बल्याङकेट वितरण

उत्तमकुमार थापा , ३३०  पटक हेरिएको

बझाङ , पुष ३

बझाङको छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ द्वारा अपांग दलित र एकल महिलालाई बल्याङकेट वितरण गरिएको छ । जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ ले चिसाे बढेको भन्दै गरिव विपन्न सहित दलित परिवार सहित अपांगहरुलाई २५ वटा बल्याङकेट वितरण गरेको हाे । आज वडा नम्बर १ का विभिन्न बस्तीहरुमा वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह सहित सदस्यहरु र वडा सचिव सहितको टाेलीले घरघरमा पुगेर बल्याङकेट वितरण गरेको हो ।

वडा नम्बर १ काे आर्थिक सहयाेगमा २५ जना गरिव विपन्न अपांगलाई चिसाेबाट केहि राहत हुने उदेश्यले हटाउन वितरण गर्नु भएको थियाे । जसमा जिउली झुट्याडा मटेला,परिङ्गाल र गुरायलथाम कापडी गाउँमा गएर वितरण गर्नुका साथै वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह ब्याक्तिगत रुपमा प्रत्येकलाई पाँच सयका दरले आर्थिक सहयाेग पनि गर्नु भएको थियाे । यसपालि वडा वाट कम बजेट भएको कारण धेरैलाई समेट्न नसकेको र आगामी बर्ष छुटेकालाई सहयाेग गर्ने अध्यक्ष सिहले बताए । सहयाेग पाउनेमा नम्बर १ का सिन्की ओढ पारु सार्की शिवहरी बिष्ट सुमित्रा कठायत एकल महिला बिष्णा गिरी, नन्नमति गिरी , प्यारी गिरी अपांग, भगवती गिरी लगायत २५ जनालाई बितरण गरिएको हाे ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ०१:१९:५४ , २ वर्ष अगाडि