कपिलवस्तुको विजयनगर गाउपालिकामा आइतवार शाेक विदा

धनी राम कोरी , ८२३  पटक हेरिएको

विजयनगर, मंसिर १६

कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका वडा नं ३ कि वडा सदस्य माधुरी लोहारको निधन भएको कारण विजयनगर गाउँपालिकाले आइतवार शाेक विदा दिने निर्णय गरेको छ ।

विजयनगर गाउँपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय आइतबार एक दिनका लागि बन्द गरिने विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल थापाले जानकारी दिनुभयो ।

विजयनगर गाउँपालिका वडा नं ३ कि वडा सदस्य २९ वर्षीय माधुरी लोहारको बिहिबार निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी बाट उनी वडा सदस्य पदमा निर्वाचित भएकी थिईन् ।

प्रकाशित मिति: २०२२-१२-०२ , समय : २०:०६:३८ , २ वर्ष अगाडि