रामु भुसाल , ५८२ पटक हेरिएको
नवलपरासी, मंसिर १६
पश्चिम नवलपरासीको साना किसान कृषि सहकारी सस्था लिमिटेड माकर बर्दघाट ४ नवलपरासीले आफ्नो २५ औँ बार्षिक साधारण सभा तथा रजत जयन्ती शुक्रबार एक कार्यकमका बीच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सन्दीप सापकोटाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यत एवं साना किसान विकास लघुवित्त वित्तिय सस्था ईलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भटराईको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिकाले किसानहरुलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन र कृषकको उत्पादनलाई बजारिकणका लागी नगरमै कृषी उत्पादनको बजार सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेकोे बताउदै अब भने किसानका उत्पादन तथा साना उद्दमीका उत्पादन समेत सोही बजारमा ल्याई बजारिकरण गरि सो बजार किसानहरुलाई कोसेली घरकै रुपमा अनुभुती गराउनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।
सो अबसरमा बोल्दै विशेष अतिथि भटराईले अहिले देशमा आर्थिक तरलता देखिएको हुदा बैंक तथा वितिय सस्थाले ऋण लगानी गर्दा सुझबुझका साथ लगानी गर्नुपर्ने बताउदै ऋण लिने सेवाग्राहीले सो रकम उत्पादनशिल कार्यमा प्रयोग गरि वितिय कारोबार गरेमा आफुलाई सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष सापकोटाले सस्थाको आर्थिक बर्ष ०७८, ७९ को प्रगति विवरण तथा आर्थिक बर्ष ०७९, ८० को प्रस्तावित कार्यक्रम तथा नितिहरु प्रस्तु्त गर्नुभएको थियो भने लेखा समितिको बार्षिक प्रतिबेदन लेखा सदस्य मनिसरा मस्राङिले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि कोष तथा लेखा परिक्षणको प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका लेखा सहायक सुजन भुसालले सस्थाको कुल ३८ करोड ४२ लाख १२ हजार बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले यस आर्थिक बर्षमा १ करोड २५ लाख ३६ हजार शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा सस्थाका पुर्व अध्यक्षको तर्फ देखी पशुपित न्यौपाने, त्रिबेणी साना किसान कृषी सहकारी सस्थाका ब्यवस्थापक सरिता शर्मा, कृषी सहकारी संघ नवलपरासीका अध्यक्ष देवी प्रसाद अधिकारी लगाएतले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा आफ्ना शेयर सदस्य मध्य ४ जना जेष्ठ सेयर सदस्य, उत्कृष्ट ब्यवसायिक पशुपालक कृषक २ जना, समयमै ब्याज असुली गर्ने २ वटा समुह र सस्थामा लामो समय कार्यरत कर्मचारी गणेश प्रसाद भट्टराई गरि ९ जनालाई नगद सहित सम्मान पत्रले सम्मानित समेत गरिएको थियो ।
सस्थाका उपाध्यक्ष मधु रायमाझिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन लेखा सहायक सुजन भुसालले गर्नुभएको थियो । सस्थाले कलस्टर छुट्याई विहिबार र शुक्रबार गरि दुई दिन आफ्नो साधारण सभा तथा रजत जयन्ती सम्पन्न गर्ने लक्ष्यका साथ शुक्रबार जिमिरेभार कलस्टरमा सभा सम्पन्न गरेको सस्थाका प्रबन्धक लोकनाथ भण्डारीले जानकारी दिनुभएको छ ।
बर्दघाट नगरपालिकाको साविक माकर गाविसका ९ वटै वडा र प्रतापपुर गाउपालिकाको वडा नम्बर १ र २ कार्य क्षेत्र रहेको यस सस्थामा ५ सय ५८ पुरुष र १९ सय ८ जना महिला गरि २४ सय ९६ जना शेयरसदस्य रहेका छन ।
प्रकाशित मिति: २०२२-१२-०२ , समय : २०:०१:०३ , २ वर्ष अगाडि