नवलपरासीको बर्दघाटमा एक दिवसीय निशुल्क आखाँ शिविर सम्पन्न

रामु भुसाल , ३२१  पटक हेरिएको

नवलपरासी , मंसिर १२

पश्चिम नवलपरासीको बर्दघाटमा एक दिवसिय निशुल्क आखाँ शिविर आइतबार सम्पन्न भएको छ । साना किसान कृषी सहकारी सस्था लिमिटेड माकर बर्दघाट ४ को २५ औँ बार्षिक स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारि आयोजना गरेको शिबिरमा स्टार चस्मा पसल तथा आखाँ उपचार केन्द्र बर्दघाटको प्राविधिक सहयोगमा उक्त शिविर सन्चालन भएको हो ।

सस्थाका कार्यवाहक अध्यक्ष मन्जु रायमाझिको अध्यक्षता तथा सस्थाका अध्यक्ष एवं बर्दघाट वडा नम्बर १ का वडाध्यक्ष सदिंप सापकोटाको प्रमुख आतिथ्यतमा सम्पन्न शिविरमा बोल्दै प्रमुख अतिथि सापकोटाले मानिसको सवेंदनशिल अंग मध्य आखा मुख्य अंग भएको हुदा यसलाई मध्यनजर गर्दै सस्थाले शिविर आयोजना गर्नु सकारात्मक रहेको बताउदै स्थानिय सरकार नागरिकका स्वास्थ्यका लागी सचेत रहेको हुदा सबै संघ सस्था संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथि सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार सिद्धिविलास हमालले यस सस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालन गर्दै आएकोमा रजत जयन्तिको अवसर पारेर यस प्रकारको शिविर सञ्चालन गर्नु सर्हानिय रहेको र आगामी दिनमा समेत प्रत्यक्ष जिवन संग जोडिएका स्वास्थ्य सम्बन्धी कार्यक्रममहरु ल्याउनुपर्ने कुरामाथि जोड दिनुभयो ।

सस्थाले आफ्नो २५ औँ बार्षिक स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारि आयोजना गरेको सो शिविरमा सस्थाका शेयर सदस्य लगायत अन्य गरि महिला १ सय ७७ जना र पुरुष ६६ जना गरि २ सय २३ जनाको स्टार चस्मा पसल तथा आखा उपचार केन्द्रका सञ्चालक वरिष्ठ नेत्र अधिकृत शुरेस रायमाझिको टिमद्धारा आखा परिक्षण गरिएको छ ।

शिविरमा शाखा चेकजाचं गराएका मध्य २७ जनामा मोतियाविन्दु फेला परेको र ३ जनाको आखामा चोट देखा परेको तथा अन्यको दृष्टी सामान्य रहेको नेत्र अधिकृत रायमाझिले जानकारी दिनुभयो । शिविरमा आखा सम्बन्धी रोग फेला परेका आखा रोगीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । सस्थाका लेखा समिती सदस्य मनिशरा मस्राङिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका लेखा सहायक सुजन भुसालले गर्नुभएको थियो ।

२०५५ सालमा स्थापना भएको यस सस्थामा २ हजार ४ सय ९६ जना शेयर सदस्य रहेको र साविकको माकर गाविस भित्रका नौ वटै वडा र प्रतापपुर गाउपालिकाको वडा नम्बर १ र २ कार्यक्षेत्र रहेको सस्थाको यही मशिंर १५ र १६ गते २५ औँ बार्षिक साधारण सभा तथा रजत जयन्ती मनाइदैछ ।

प्रकाशित मिति: २०२२-११-२८ , समय : २०:०४:४८ , २ वर्ष अगाडि