सप्तरी क्षेत्र नम्बर २ मा मतगणना रोकियो

रुपन्देही खबर , ४४६  पटक हेरिएको

सप्तरी, मंसिर ६

सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।

मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिनु भएको छ ।

सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् । नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूले माग गरेका छन् । उता सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भइरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : २३:१०:०६ , २ वर्ष अगाडि