चर्चित कार्यक्रम बहकिने मनका प्रस्ताेता महावीर विश्वकर्माको निधन

रुपन्देही खबर , ४०५  पटक हेरिएको

चितवन, मंसिर ६
चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्ताेता महावीर विश्वकर्माको निधन भएकाे छ ।

गृह नगर चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटनामा परि आज विहान निधन भएकाे हाे । राप्ति नगरपालिका ४ डडुवाका ३५ वर्षिय विश्वकर्मा वैज्ञानिक समाजवादीका नेता, दलित मुक्ति आन्दोलनका अभियन्ता समेत हुन् । उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्राे हायस चितवनकाे राप्ति नगरपालिका ४ स्थित डडुवामा राेकि राखेकाे ना २ ख ८५२२ ट्रकसँग ठक्कर खाँदा दुर्घटनामा परेकाे हाे ।

भुस लाेड गरेकाे ट्रक सडकमै राेकि राखेको अवस्थामा माइक्रोले पछाडिबाट ठक्कर दिदा चालकसहित ६ जना घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते भएका विश्वकर्मालाई पुरानाे चितवन मेडिकलमा पुर्याईएकाेमा चिकित्सकले मृत घाेषणा गरेकाे थियो ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १०:२३:०६ , २ वर्ष अगाडि