राधेश्याम बिश्वकर्मा , ६९४ पटक हेरिएको
भैरहवा, मंसिर ५
रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो ।
क्षेत्र नं ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चार हजार आठ सय ४३ मतगणना भएको छ । जसअनुसार साइकल चुनाव चिह्नले एक हजार आठ सय ८३ मत, रूख चिह्नले एक हजार तीन सय ४० मत, लाउडस्पिकर चिह्नले एक हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्याङ्क आधिकारिक नभएको निर्वाचन अधिकृत आचार्यले बताउनु भएको छ ।
फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत आचार्यले यस विषयमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको बताउनु भएको छ । उहाले आधा घण्टाभित्रै मतगणना सुरु गरिने जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : २१:३८:२२ , २ वर्ष अगाडि