बास नेपालद्वारा बझाङमा ९२ जनालाई आर्थिक सहयाेग

उत्तम कुमार थापा , २२७  पटक हेरिएको

बझाङ, मंसिर १

सुदुरपशचिम प्रदेशकाे बझाङ जिल्लामा रहेका विभिन्न प्रभावित महिला तथा बालबालिकाहरुलाई बास नेपालले आर्थिक सहयाेग गरेकाे छ । विगत लामाे समय देखि देशमा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएकाे बास नेपालले देशका हिंसा प्रभावित तथा दुखि गरिव विपन्न परिवारलाई सहयाेग गर्दै आईरहेकाे पाईन्छ । यसै विच बझाङ जिल्लामा पनि ९२ जना महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयाेग गरेकाे बास नेपाल बझाङका मनाेसामाजिक कर्याकर्ता सरस्वती बाेहराले बताउनु भएको छ ।

बाेहराले हामी सँग कुरा गर्दै भन्नू भयाे हामीले विभिन्न क्षेत्रकाे आवाज उठाउदै आईरहेका छाै । जिल्लामा रहेका १२ वटै स्थानीय तहमा पुगेर त्यहाँकाे बस्तु स्थिति बुझदा धेरै महिला दिदीबहिनीहरु हिंसामा परेकाे देखिन्छ । जसले घरेलु हिंसा बालविवाह बहुविवाह लैङ्गकि हिंसा जस्ता केशहरु देखापर्ने गरेकाे र यस बिषयमा बास नेपालले आवाज उठाउदै आएकाे बताउनु भएको छ । जिल्लामा रहेका विभिन्न स्थानमा देश सँघिय संरचनामा गईसकेपछि स्थानीय सरकार भएता पनि यस्ता हिंसामा कमि नआएकाे उहाको बुझाइ रहेकाे छ ।

जिल्लाकाे विभिन्न स्थानमा पिडितलाई सहयाेग गर्न जादा हामीले बीउ पुजि स्वरुप बृद्बिविकासकाे लागि दिगाेविकासका लागि सहयोग गर्ने गरेका छाै । पिडितलाई यस विषयमा बुझ्दा मदिराकाे कारण हिंसामा परेकाे र महिलाले कमाई गर्न नसक्ने,बेरोजगारी भएको कारण अशिक्षित भएको कारण यस्ता हिंसा भएको जनसमुदायमा पाईन्छ ।

यसरी विभिन्न स्थानमा हिंसा देखापरे सँगै जनचेतनामूलक कार्यक्रमकाे आवश्यकता तथा पर्ने देखिन्छ भने अधिकांस केसहरु मदिराको कारण हुने गरेकाे पाईन्छ । हिंसामा परेका केही जटिल केशहरुलाई अहिले युनिसेफ नेपालकाे आर्थिक सहयाेग र बास नेपालकाे सहकार्यमा घरघर गएर सहयाेग गरेकाे पाईन्छ ।

यस्ता घटनाहरु हुनबाट राेक्न स्थानीय सरकार सँग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने उदेश्यका साथ बास नेपाल लागि परेको सरस्वती बाेहराले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १८:४०:३५ , २ वर्ष अगाडि