लुम्बिनी क्षेत्रको विकासको लागि जनताले जनमत पार्टीलाई मतदान गर्न आग्रह

अमित चौहान , ६६७  पटक हेरिएको

लुम्बिनी, कार्तिक २४

जनमत पार्टीबाट लाउड स्पिकर चुनाव चिन्ह लिएर लुम्बिनी क्षेत्र ५ (ख) प्रदेश सभा पदका उम्मेदवार बन्नु भएको युवा नेता सि के गुप्ता ( चन्द्र केस गुप्ता) जनताले आफुलाइ एक पट्क विश्वास गरेर मतदान गर्न आग्रह गर्नु भएको छ ।

लुम्बिनी क्षेत्र न ५ (ख) को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सिके गुप्ताले जनताले अरु पार्टीका उमेदवारलाई पट्क पट्क विश्वास गरेर सांसद विधायक बनाउनु भयो, यस पट्क आफुलाइ मतदान गरि विजयी बनाउन आग्रह गर्दै आफुले जनताको सेवा गर्ने र गर्दै आएको बताउनु भएको छ ।

उहाले अरु पार्टीका उम्मेदवार पटक पटक सांसद भए पनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताउनु भयो । उहाले जनमत पार्टीको सरकार नभए पनि म आफ्नो क्षेत्रमा जनताहरुको सेवा गर्दै आएको र कोरोनाकालमा पनि यस क्षेत्रमा ठूलो भुमिका निर्वाह गरेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१० , समय : १७:३०:०४ , २ वर्ष अगाडि